फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको
काठमाण्डौ l पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो ।काठमाडौंमा अधिकतम तापक्रम २१.५ डिग्री रहेकामा आज २०.५ डिग्री मापन गरिएको छ । न्यूनतम तापक्रम पनि आज ४.८ डिग्री मापन भएको छ । यही माघ ९ गते काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६.२ डिग्री मापन गरिएको थियो ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताउनुभयो । यद्यपि अहिलेको तापक्रम स
भोजपुर । नागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट समाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिएको हो ।गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार भौगोलिक विकटताका कारण ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिका केन्द्रसम्म आउन जान समस्या रहेकाले शिविर चलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । स्थानीय सरकारले नागरिकलाई सहज सेवा प्रवाह गर्न आगामी वर्षमा पनि यो अभियानलाई निरन्तरता दिने छ ।‘भौगोलिक विकटताका कारण जेष्ठ र अशक्त नागरिकले सहज रूपमा राज्यले द
गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरू गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।‘वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरू थालेको हो,’ उनले भने, ‘अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।’वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक कि
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको जनाइएको छ । बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य सुरू गरेका थिए । बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नग
म्याग्दी । म्याग्दीमा यसवर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले रू १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिँचाइका २०, नदी नियन्त्रणका छ, ऊर्जाका दुई र सर्वेक्षणसम्बन्धी एक वटा योजना सञ्चालन गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर झलकमोहन ओझाले २६ वटा योजनाको सम्झौता भइसकेको र ३८ वटा योजनाको लागत अनुमान तयार पारेर कार्यान्वयनको प्रक्रीयामा रहेका जानकारी दिए ।‘प्रदेश सरकारको नीतिअनुसार उपभोक्ताको प्रत्यक्ष सहभागिता हुन नसक्ने योजन
काठमाडौँ । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गरिन् ।नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा मह
जनकपुरधाम । धनुषाको कमला नदीबाट भइरहेको अवैध उत्खननलाई रोक्न जिल्ला प्रहरी कार्यालयले कडाइका साथ प्रहरी परिचालन गरिरहेको छ । लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै अवैध गिटी, बालुवाको उत्खनन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध उत्खननमा संलग्न ट्र्याक्टर तथा उपकरण नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गर
पथरी (मोरङ) । जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईबस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ’, चौधरीले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.