समाचार

    Showing 9,061-9,070 of 25,668 items.
  • सुन प्रतितोला २ लाख ५८ हजार

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।  

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 567 पटक पढिएको
  • पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्

    काठमाडौं— सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ ।परिवारका अनुसार, आंग फुर्बा ‘कन्चा’ शेर्पा बिहीवार बिहान करिब २ः०० बजे स्वर्गीय भएका हुन् । शेर्पाले आफ्ना अन्तिम दिनहरू आफ्नो पैतृक घर नाम्चे बजारमा बिताएका थिए । जुन सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ ।नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने,‘कान्छा’ शेर्पाको निधनले हामीलाई गहिरो शोक दिएको छ । सगरमाथाको पहिलो सफल आरोहणको इतिहाससँग जोडिएका यी महान व्यक

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 540 पटक पढिएको
  • जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्ध

    मुगु— जुम्लाको गुठिचौर गाउँपालिकाले करार, ज्यालादारी र अस्थायी सेवामा कार्यरत १९ जना कर्मचारीको सम्झौता एकैसाथ रद्ध गरेको छ । गाउँपालिकाले असोज २९ गतेदेखि लागू हुने गरी सबै करार सम्झौता रद्द गर्दै काममा नआउन आधिकारिक परिपत्र जारी गरेको हो ।गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा यो कदम चालिएको हो । दरबन्दीभन्दा बढी कर्मचारी राख्ने गलत अभ्यास अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको उनले बताए ।असोज २९ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले भने, “अब गाउँपा

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 553 पटक पढिएको
  • भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

    बर्दिया— बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतिपुर थाना अन्र्तगत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षिय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहिबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलीएको थियो । घटना स्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 480 पटक पढिएको
  • सुरक्षा चुनौतिको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैनः महानिरीक्षक खापुङ्ग

    काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा  शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले हालको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए । ‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 456 पटक पढिएको
  • ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।  बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 554 पटक पढिएको
  • सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै

    काठमाडौं— सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।  सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 547 पटक पढिएको
  • सर्लाहीको धनकौलमा बाढी पीडितको राहत जनप्रतिनिधिले आफन्तलाई मात्र वितरण गरेको आरोप

    सर्लाही— सर्लाहीको धनकौल गाउँपालिकामा बाढी पीडितका लागि विभिन्न गैरसरकारी संस्थाले पठाएको राहत सामाग्री पालिकाका जनप्रतिनिधिले आफन्त र निकट कार्यकर्तामाझ मात्र बाँडेको आरोप लागेपछि स्थानीयले विरोध गरेका छन्।बिहीबार बिहानै देखि बाढी पीडितहरू पालिका कार्यालय अगाडि नारा जुलुससहित विरोधमा उत्रिएका थिए। उनीहरूले राहत वितरणमा भएको भेदभाव र अनियमिततामाथि छानबिनको माग गरेका छन्।पीडितहरूको आरोप अनुसार बाढीबाट वास्तविक रूपमा घरहरुमा क्ष्यति भएकालगायत बसोबाससमेत गुमाएका दर्जनौँ परिवार राहतविहीन छन्। तर पालिकाका जनप्रतिनिधिले आफ्ना नातेदार, पार्टीका कार्यकर्ता र आसेपासेलाई प्राथमिकता दिएर राहत वितरण गरेको

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 869 पटक पढिएको
  • सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

    मन्थली (रामेछाप), ३१ असोजः रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन् ।    सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ । विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्ती यही असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण झन जोखिममा परेको हो ।   पहिरोले बस्ती नै तलतलिर तानेपछि कतिपय घर भत्किसकेका छन् भने धेरजैजो

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 187 पटक पढिएको
  • रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र

    काठमाडौँ, ३१ असोजः सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएको छ । सोही क्रममा सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले दुई ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँ

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.