समाचार

    Showing 9,011-9,020 of 19,621 items.
  • शीतलहर प्रभावितलाई लहान नगरपालिकाद्वारा एक हजार थान कम्बल वितरण

    सिरहा । सिरहाको लहान नगरपालिकाले शीतलहरबाट प्रभावित यहाँका विपन्न, दलित तथा ज्येष्ठ नागरिकलाई एक हजार थान कम्बल वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीले आज लहान नगरपालिका–२२ बर्छावा टोलका ८० जना नागरिकलाई नगरपालिकाका तर्फबाट कम्बल वितरण गर्दै हालसम्म हजार थान वितरण गरिसकेको बताए । उनले भने, ‘लामो समयसम्मको शीतलहरले जनजीवन प्रभावित भएको छ । यस्तो मौसममा ज्येष्ठ नागरिकलाई पर्न सक्ने असरलाई दृष्टिगत गर्दै चिसोबाट प्रभावित दलित, गरिब, विपन्न समुदायलाई लक्षित गरी कम्बल प्रदान गरिएको हो ।’लहान नगरपालिकाका २४ वटै वडामा करिब २० हजारको सङ्ख्यामा दलित समुदायको बसोबास रहेको छ । नगरप्रमुख चौधरीले आवश्य

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 223 पटक पढिएको
  • रोशी खोलाको बाढीपछि काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

    काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीका कारण अदलबदल भएको काभे्रपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ । गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो । सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नेछन् । समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 581 पटक पढिएको
  • कांग्रेस झापाका सभापति थेवेद्वारा विभागीय समिति विस्तार

    विर्तामोड ।नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विभागीय समिति विस्तारलाई निरन्तरता दिनुभएको छ ।नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित)को धारा १२, उपधारा ७ (ज) बमोजिम मंगलबार ३५ वटा विभागीय समितिका संयोजक÷सदस्य मनोनित गर्नुभएका थेवेले बुधबार ५ वटा विभागीय समितिका संयोजक तथा सदस्य मनोनयन गरेको हो ।जस अन्तरगत जल उर्जा तथा प्राकृतिक श्रोत विभाग संयोजकमा ईश्वरकुमार खत्री, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा जगन्नाथ राजवंशी, नीति तथा योजना विभाग संयोजकमा कुमारमणि पोखरेल, वित्तीय संस्था समन्वय विभाग संयोजकमा बलराम कार्की र निर्माण ब्यवसाय समन्वय विभागको संयोजकमा युवराज प्रसाई मनोनित हुनुभ

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 292 पटक पढिएको
  • लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

    रामपुर (पाल्पा) । लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन । वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ । अहिले यहाँको पर्या–पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ । रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ । पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 248 पटक पढिएको
  • जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन् !

    वीरगञ्ज (पर्सा) । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ । ‘विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृति

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 175 पटक पढिएको
  • बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा

    रामपुर (पाल्पा) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने नीति लिएको बताए । उनले विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको बताए ।वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय संरक्षण ऐन नियमावली बनाउने क्रममा रहेको उनले जानकारी दिँदै वातावरण परिवर्तनले देशले भोग्न

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 196 पटक पढिएको
  • काठेपुल मुक्त बन्यो हल्दिबारी

    झापा । हल्दिबारी गाउँपालिकाले बिगत छ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि।सं। २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए । उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए ।पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता ह

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 181 पटक पढिएको
  • भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुलाई घण्टौं कुर्नु पर्ने बाध्यता

    काठमाडौं । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०÷१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ ।हुस्सुले सबैभन्दा बढि समस्या बिमानस्थलमा यात्रुहरुले खेप्नु परेको छ । जनकपुरधाम बिमानस्थमा भिजिबिलिटी कम हुनाले न त बिमान अवतरण नै गर्न सकेको छ न त उड्न नै । दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ । त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन । विमान उड्ने आशामा बिहान दे

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 183 पटक पढिएको
  • बागमती पुलको स्पान भासिँएपछि यात्रामा जोखिम

    रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं। १ का स्थानिय श्रीराम न्यौपानेले बताए । उनका अनुसार पुलको भारवहन क्षमता भन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो । पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 176 पटक पढिएको
  • बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

    मध्यबिन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।माघे औँसीका दिन नवलपरासी ( बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर  सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ । मेलालाई व्यवस्थित गर्न  विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था

    • प्रकाशित मितिः माघ १६, २०८१
    • 218 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा