समाचार

    Showing 9,011-9,020 of 23,626 items.
  • आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना छ। सामाजिक भेटघाट र विशेष भोजमा सहभागी हुने अवसर प्राप्त हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)निर्णय गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। अवसरको आडमा प्रलोभन दिनेलाई चिन्नुहोस्। आर्थिक लाभ सीमित रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आम्दानीमा वृद्धि हुनेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। साझेदारीमा सकारात्मक परिणाम हासिल हुने संकेत छन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्य सम्पन्न गर्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्ने भएका

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 394 पटक पढिएको
  • मधेशको पर्यटन प्रवद्र्धनका लागि संयोजक ठाकुरले भारतीय रक्षामन्त्रीलाई बुझाए ज्ञापन

    नयाँदिल्ली । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए ।  मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरुलाई भारतसँग जोड्ने र तिनीहरुको प्रचार(प्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले बताए । ‘भारतसँग सीमा जोडिएको मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक पर्यटन स

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 262 पटक पढिएको
  • शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । पछिल्ला केहि दिनदेखि निरन्तर ओरालो लागि रहेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको थियो ।यसदिन कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ । बुधबार ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको थियो ।आज सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३१ अं

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 290 पटक पढिएको
  • प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।प्रधानमन्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 366 पटक पढिएको
  • छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षहरुले लगाए ताला

    मुगु । छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाम माथि बजेट सभामा छलकपट गरी बिभिन्न निर्णय गरेको आरोप लगाउँदै नगर प्रमुख ,उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख प्रशासकिय अधिकृतलगायत सबै शाखा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकामा सेवा लिन आएको सेवाग्राही मर्कामा परेका छन् । आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा कर्मचारीको करार नियुक्त, चोकहरुको नामाकरणलगाएत अन्य बिभिन्न निर्णय कुनै जानकारी नगरी छलकपटपूर्वक सभा सम्पन्न गरेको भन्दै १४ वडा मध्ये ११ जना वडा अध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् ।तीन जना वडा अध्यक्ष जिल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 318 पटक पढिएको
  • मःमःमा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरीलाई दुई लाख जरिवाना

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमःले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 403 पटक पढिएको
  • पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको भ्रष्टाचारको आरोप

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध झन्डै ९७ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगको अनुसन्धान अनुसार यादवले २०६६ सालदेखि २०७९ सालसम्मको अवधिमा तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जोडेका थिए। तर, उनी र उनका परिवारको नाममा देखिएको आम्दानी जम्मा दुई करोड ६८ लाख रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ।यसरी करिब ९७ लाख रुपैयाँको सम्पत्तिको स्रोत नखुलेपछि यादवले गैरकानुनी रूपमा सम्पत्ति जोडेको ठहर गर्दै मुद्दा दायर गरिएको हो। तीमध्ये केही सम्पत्ति पत्नी आशाकुमारी यादवको नामम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 494 पटक पढिएको
  • कश्मीरमा विपद्: बाढी र पहिरोमा परी १२ को मृत्यु पुष्टि

    भारत— भारतको कश्मीरमा रहेको चोशोती गाउँमा बिहीवार आएको आरीघोप्टे वर्षामा परी हताहत भएकामध्ये १२ जनाको शव बरामद गरिएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार, किश्तवर जिल्लामा मचैल माताको मन्दिरसम्मको यात्रा गरिरहेका भक्तजन आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) मा परेका थिए ।हताहत हुने मानिसको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।मचैल माताको मन्दिरसम्म पुग्नका लागि चोशोती गाडी पुग्ने अन्तिम गाउँ हो ।आजको घटनापछि वार्षिक तीर्थयात्रा बन्द गरिएको छ । अधिकारीहरूले राहत तथा उद्धारका लागि सबै स्रोतहरू परिचालन गरिरहेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 644 पटक पढिएको
  • नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् ।विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 531 पटक पढिएको
  • नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रकमा ढुंगा खस्दा तीन घाइते

    काठमाडौं – नारायणघाट-मुग्लिन सडकको तुइन खोला पुल नजिकै ट्रकमा ढुंगा खसेको छ। प्लाइउड बोकेको भारतीय नम्बर प्लेटको ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर तीन जना घाइते भएका छन्।ट्रक चालक भारतको बैंगलुरूका ४५ वर्षीय मेगु प्रसाद, २१ वर्षीय नहमान धुनियाँ र १८ वर्षीय सयद अफिद घाइते भएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ। सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।सडकमा खसेको ढुंगा पन्छाएर यातायात सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माले जानकारी दिए। सडक डिभिजन कार्यालय भरतपुरले वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 536 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.