सिरहा । सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान सुरु गरेको छ । गोलबजार नगरपालिका–१० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा माटो तथा ‘ग्राभेल’ उत्खनन गरी बिक्री गरेको विषयमा स्थानीयले केही दिनअघि विरोध गरेका थिए । स्थानीय भीमबहादुर थापासहित २६ जनाले प्राकृतिक स्रोत र साधनको अवैध दोहन भइरहेको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिएका थिए ।सोही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्य
काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापन भएको छ ।एसपी पदस्थापन तथा काजको सूची :
महोत्तरी । ‘वसन्त पञ्चमीमा पूजा गर्नका लागि धेरै दिनदेखि श्रमिक खोज्दैछु, तर भेटिएका छैन’, भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षे किसान दीपनारायण चौधरी थारूले भने, ‘अब बुझ्दैछु, खेतीपातीका काम गर्न सकिन्न ।’बर्दिबास–७ का ७५ वर्षीय रामउदगार महतोको दुखेसो पनि चौधरीको जस्तै छ । पछिल्ला एक दशकयता नियमित रूपले श्रमिक पुज्न नपाउँदा वसन्तपञ्चमी पर्वमा केही अपुग भए जस्ता हुन्छ उनलाई । ‘बस्ती वरपर श्रमिक पाइन्छन् कि भनेर खोजी गरियो, तर भेटिएनन्,’ महतोले भने, ‘किसानका लागि पर्वको रौनक नै हरायो ।’प्राचीन मिथिला क्षेत्रमा वर्षभरिको कृषि कार्य (हलो÷कोदालो चलाउने, गाईभैँसी चराउने, घाँसपात गर्नेसहितका काम) का
काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा एक शिक्षक दम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका छन् । सुनारपानीको भैरवी माविका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका हुन् । द्वारिकाका पिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा उनीहरूले मन्दिर बनाइदिएका हुन् । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् । मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।यसअघि सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत ग¥यो । वसन्त श्र
नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।‘यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको छ’ उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।’ पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोट
कञ्चनपुर । बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हँुदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन् । चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए ।‘पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो’ उनले भने, ‘हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ ।’ त
घनश्याम चापागाईं नेपाली धर्म, संस्कृति एवम नेपालमा मनाइने पर्वहरुका विषयमा विशेष जानकारी राख्छन् । नेपाल ज्योतिष परिषद् केन्द्रिय समितिको उपमहासचिव समेत रहेका उनी ज्योतिष परामर्श सेवामा पनि क्रियाशील छन् । संचारकर्मी हुँदै ज्योतिष विज्ञानका क्षेत्रमा सक्रियता बढाएका उनीसँग बसन्त पन्चमी एवम सरस्वती पूजा, यसको महत्व, पूजा विधि र नेपालमा मनाइने तौर तरिकाका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । वसन्त पञ्चमीको महत्व के छ ?तिथि र मितिका हिसाबले कहिले पर्छ ?विशेषगरी वसन्त पञ्चमी वा सरस्वती पूजा एकै रुपमा बुझिन्छ ।तिथि–मितिको हिसावले भन्नुपर्दा २०८१ सालमा चाँही माघको २१ गते सोमबारका दिन पर
काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू९भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.