समाचार

    Showing 8,921-8,930 of 25,668 items.
  • सर्लाहीमा प्रहरीको कडाइ : तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान

    सर्लाही । तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन ल्याएको छ ।प्रहरी प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण र राजस्व वृद्धिका प्रयासहरू सशक्त रूपमा अघि बढिरहेका छन् ।एसपी खड्काको निर्देशनमा सर्लाही प्रहरीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी बढाएको छ । अवैध रूपमा वारपार हुने सामान र लागूऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निरन्तर कारबाही भइरहेको छ । प्रहरीले हालसम्म दर्जनौँ तस्करलाई नियन्त्रणमा लिएर अवैध सामानसहित भन्सारमा बुझाइसकेको छ ।‘सर्लाहीलाई

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 420 पटक पढिएको
  • शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु

    काठमाण्डौ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो। गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।नितुले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । त्यसपछि उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । पौडेल

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 626 पटक पढिएको
  • सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेन–जी युवामाथि कुटपिट

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा वडा अध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ ।वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयहरूले बताएका छन् ।स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो । घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्ला प्रहरी का

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 403 पटक पढिएको
  • सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

    रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन् । घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा रा

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 326 पटक पढिएको
  • बिपी राजमार्गमा मोटसराइकल दुर्घटना एकको मृत्यु

    रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गउको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा  मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका– ९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६ः३० बजे  तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभा

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 461 पटक पढिएको
  • पोखरा एभेन्जर्सले गर्यो इंग्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध

    काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् । रोसिङटनले घरेलु स्तरमा लामो जिवन बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 514 पटक पढिएको
  • चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

    रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो । उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले  देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको । स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन । आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको  दमकल सहितको टोली घटनास्थालमा पुगेको छ । आगलागीको का

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 372 पटक पढिएको
  • आज विश्व विकास सूचना दिवस मनाइँदै

    काठमाडौं । आज विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइन्छ ।सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्धेश्यले हरेक बर्ष यो दिवस मनाउने गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 410 पटक पढिएको
  • तिहार सकियो, छठ पर्वको चहलपहल सुरु

    काठमाण्डौ  ।  यस वर्षको तिहार पर्व सकिएको छ । बिहीबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।तिहार पर्व सकिएपछि छठ पर्वको चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 549 पटक पढिएको
  • दोस्रो ठूलो चाड तिहार भाइटीका सङै सकियो तिहार

    काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन  दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।यमपञ्चक समेत भनिने तिहारको छैटौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 586 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.