समाचार

    Showing 8,901-8,910 of 19,621 items.
  • सुस्तायो स्याटेलाइट सिटीको योजना

    गण्डकी । गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ‘घना बस्ती भएका ठूला सहरको नजिकमा अन्य नयाँ सहर विकास गर्ने अवधारणाअनुसार यो कार्यक्रम ल्याइएको हो’, मन्त्रालयको योजना अनुगमन, मूल्याङ्कन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डा महेन्द्र बानियाँले भने, ‘तर, सोचेजस्तो ढङ्गले स्याटेलाइट

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 177 पटक पढिएको
  • नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिँदै

    काठमाडौँ । सरकारले नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । यसरी सूचिकरणको प्रक्रिया थालिएको यो पहिलो हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि नै जारी गरी ती सांस्कृतिक सम्पदाको सूचीकरणका लागि काम थालेको हो । अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी ऐन नभएकाले ऐन निर्माण प्रक्रिया पनि थालिएको छ । मन्त्रालयका सांस्कृतिक महाशाखा प्रमुख डा सुरेश सुरज श्रेष्ठले पहिलो पटक सूचीकरणका लागि आवेदन आह्वान गरिसकेको जानकारी दिए । उनले यो युनेस्कोमा लैजानका लागि पहिलो प्रयास पनि भएको बताए । युनेस्कोको सन् २००३ को ‘कन्भेन्सन’अनुसार यस्ता सम्

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 269 पटक पढिएको
  • भोजपुरमा ग्रेटर मुन्दुम पदमार्गको काम सुरु

    भोजपुर । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो । यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थिातिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ । परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्त

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 294 पटक पढिएको
  • अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गरेका छन् ।  नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छड्के अनुगमन गर्न उनी त्यहाँ पुगेका हुन् । राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 331 पटक पढिएको
  • नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

    काठमाडौं ।  इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरेका हुन् ।सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपदकै रुपमा यो समस्या बढ्न सक्ने विज्ञहरुले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे ।

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 210 पटक पढिएको
  • विधयेकविरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने

    काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ । सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाइन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनैपर्ने निश्कर्ष निकालेको छ । अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृती र अपरा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 249 पटक पढिएको
  • कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर

    काठमाडौँ । कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 204 पटक पढिएको
  • इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा

    इटहरी । मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ ।गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाइदिएका हुन् ।मेयर पौडेलले पे्रस विज्ञप्तिमार्फत भनेका छन,‘माघ ११ गतेदेखि लागेको ताला नखुल्दा कार्यालयको दैनिक कामकाजमा समेत बाधा पुग्न गएको, त्यसैगरी वडा कार्यालयहरुको सेवा समेत प्रभावित भइ

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 288 पटक पढिएको
  • बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

    सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ ।  उनले भने, ‘आयोजनाको काम  अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’आयोज

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 223 पटक पढिएको
  • देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 310 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा