समाचार

    Showing 8,851-8,860 of 23,626 items.
  • सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती

    काठमाडौं— सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन् ।सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमती गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 695 पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 713 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौं— संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बुधबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका  प्रश्नको जवाफ दिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 620 पटक पढिएको
  • एनआरएनए, राष्ट्रिय समन्वय परिषद्, अमेरिका टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा ऐर निर्विरोध

    ललितपुर— गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको आगामी अगस्ट १७र १८मा हुने निर्वाचन अन्तर्गत टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा दीपा बोहरा ऐर निर्विरोध चयन भएकी छन् । आफू निर्विरोध भए पछि उनले सम्पूर्णलाई  आभार प्रकट गरेकी छन् । बोहराले निर्विरोध निर्वाचित भए पछि सामाजिक सञ्जाल मार्फत नेपालमा रहँदा लामो समयसम्म राजनैतिक तथा सामाजिक सेवामा सक्रिय भएको अमेरिका आएपछि पनि विगत ३ वर्षदेखि विभिन्न संस्थाहरूमा आबद्ध भई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सामाजिक सेवामा निरन्तर सक्रिय रहेको  उल्लेख गर्दै टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा निर्विरोध चयन हुनु आफ्नो लागि  लागि ठूल

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 627 पटक पढिएको
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं— अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवर

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 389 पटक पढिएको
  • थापाथली प्रसूति गृहमा करारमा स्टाफ नर्स आवश्यकता

     काठमाडौं— काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पताल आज सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग परिएको हो। तर, अस्पतालले संख्या भने खुलाएको छैन।आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ। १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक उम्मेदवारले अबको १५ दिनभित्र निवेदन दिन सक्नेछन्।

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 502 पटक पढिएको
  • काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा फेला

    काठमाडौं—  काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 288 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भूभागको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 312 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ५२ पैसा र बिक्रीदर १०० रुपैयाँ ९

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 391 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०४ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। सिं

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 446 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.