समाचार

    Showing 8,811-8,820 of 19,621 items.
  • आज विश्व रेडियो दिवस

    काठमाडौँ । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।  लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडिय

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 317 पटक पढिएको
  • छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् ।श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 159 पटक पढिएको
  • सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

    हैदराबाद (भारत) । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए ।‘भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग प

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 196 पटक पढिएको
  • नगर गान तयार गर्दै बर्दघाट

    नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम सुरु गरेको छ ।  आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । उनले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताए । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ । प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य स

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 144 पटक पढिएको
  • एक घर एक धाराका लागि तीन लाख लिटरको ट्याङ्की

    धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ । निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पु¥याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 170 पटक पढिएको
  • मन्त्रिपरिषद् निर्णयः बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

    काठमाडौँ । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रू २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ । यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले छ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए ।मन्त्री गुरूङले

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 171 पटक पढिएको
  • केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

    ढोरपाटन (बागलुङ) । जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।  हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भइरहेको भन्दै यसले सेवा प्रभाव प्रभावकारी हुन नसकेको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।कार्यालयको अधिकांश काम ड

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 125 पटक पढिएको
  • प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजन

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 189 पटक पढिएको
  • विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश

    काठमाडौं ।  विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी आदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसि व्यक्त गर्दै सो जानकारी समेत दिएको छ ।फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र सारोकारवाला पक्षहरुलाई वर्षौदेखि ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि अदालत जानु परेको र अदालतले सो विषयलाई सकारात्मक दिशामा अघि बढाएकोमा हर्षित भएको बताए । रावलले विगत २ वर्षदेखि अदालतमा कानुनी लडाई लड्दै आएको जनाउँदै भने, ‘विभिन्न

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 173 पटक पढिएको
  • कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

    बेलबारी (मोरङ) । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को  चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–ए

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 227 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा