समाचार

    Showing 8,771-8,780 of 19,621 items.
  • घरजग्गा कारोबारः गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

    काठमाडौँ ।  देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ ।घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व स

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 221 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्यानेड

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 197 पटक पढिएको
  • खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय

    कटारी । उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ’, स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ ।’तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ । माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन । वर्षामा खोलामा वाढी आउँदा झनै प

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 140 पटक पढिएको
  • उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतय

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 155 पटक पढिएको
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु एक बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु चारले घटाएको छ ।मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर रु १५६ रुपैयाँ कायम गरिएको छ ।निगमले चारआली, व

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 316 पटक पढिएको
  • अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 217 पटक पढिएको
  • बेलुन पड्कँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् ।मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखरामा र मेयर आचार्यको फिस्टेल हस्पिटल पोखरामा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।  मन्त्री पौडेल र मेयर आचार्यको अवस्था सामान्य रहेको र खतरामुक्त रहेको एसपी ओलियाले बताए ।  भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको ह

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 255 पटक पढिएको
  • पोखरामा कोटीहोमः उच्च अदालतमा फेरि अर्को रिट दर्ता

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाटमा कोटीहोम गर्न दिने कि नदिने भन्ने बिवादका बीच उच्च अदालत पोखराले विहीबार मानव सेवा फाउन्डेशनलाई कोटीहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ।उक्त अन्तरिम आदेश भएलगत्तै मानव सेवा फाउन्डेशनले उक्त कोटीहोमका संकल्पकार यज्ञशिरोमणि वालयोगेश्वर विजय श्रीकृष्णमूर्ति(विजय भण्डारी) महाराजको उपस्थितिमा शुक्रबार कोटीहोम स्थलसरसफाई गरेर काम अघि बढेको संकेत दिइएको छ ।तर कोटीहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरी कोटीहोम रोक्न माग गर्दै शुक्रबार अर्को रिट दर्ता भएको छ।उच्च अदालत पोखराका मुख्य न्या

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 261 पटक पढिएको
  • लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

    काठमाडौँ । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनुभएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पु¥याइएको थियो । अस्पतालले उहाँको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 242 पटक पढिएको
  • गोलबजार नगरपालिकाका हाकिमले गोलबजार छाडे

    सिरहा । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी गाली गलौज र हुलहुज्जतको शिकार भएका छन् ।फागुन १ गते बिहीबार राति ९ बजे मदिरा सेवन गरेर अधिकृत पुरीको डेरामा पुगेका नगरपालिकाका कै केही कर्मचारी तथा एमालेका कार्यकर्ताहरुले उनलाई गाली गलौज गर्दै हुलहुज्जत गरेका थिए ।ज्यान मार्ने धम्की समेत दिइएपछि शुक्रबार बिहानै अधिकृत पुरीले गोलबजार छाडेका छन् । उनी संघीय मामिला मन्त्रालय काठमाडौ पुगेका छन् ।प्रमुख प्रशासकीय अधिकृत पुरीमाथि हुलहुज्जत भएको थाहा पाएर लेखा अधिकृत गणेश भण्डारीले पनि नगरपालिका छाडेका छन् । प्राप्त जानकारी दिए अनुसार लेखा अधिकृत भण्डारी गुनासो लिएर अख्तियार दुरुपयोग अन

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 298 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा