समाचार

    Showing 8,621-8,630 of 25,668 items.
  • अदालतमा जागिर खुल्यो भन्दै अनलाइन ठगी गर्ने आमा–छोरी पक्राउ

    विराटनगर— अदालतमा जागिर खुल्यो भन्दै अनलाइनमार्फत ठगी गर्दै आएकी आमा–छोरी विराटनगरबाट पक्राउ परेका छन्। उनीहरूले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा भर्ना खुलेको झूटो सूचना सार्वजनिक गर्दै दर्ता शुल्कका नाममा रकम असुलेका थिए।पक्राउ पर्नेहरूमा सिरहाको लहान घर भई हाल मोरङको विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आएकी ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साह रहेका छन्।प्रहरीका अनुसार, उनीहरूले नक्कली फेसबुक पेजमार्फत ‘ई–सेवा’ प्रयोग गरी भर्ना शुल्कका नाममा रकम माग्ने तथा सामान किनमेलका क्रममा आधा रकम तिरेर बाँकी रकम सटही नहुने चेकद्वारा ठगी गर्ने कार्य

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 634 पटक पढिएको
  • दाजुको हत्या आरोपमा भाइ पक्राउ

    नवलपरासी— नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१ पुनर्वासमा दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३४ वर्षीय चित्रबहादुर शाही रहेका छन्।प्रहरीका अनुसार चित्रबहादुरले आफ्ना ३६ वर्षीय दाजु कृष्णबहादुर शाहीमाथि कोदालोको बिँडले प्रहार गर्दा कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले चित्रबहादुरलाई आइतबार बिहान पक्राउ गरेको हो।हत्या किन र कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 637 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा लुटिएको प्रहरी हतियार बरामद, फरार कैदी पक्राउ

    काठमाडौं— जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हतियार प्रहरीले बरामद गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–७ लाहुरे टोलबाट एक थान ग्यास गन फेला पारेको हो।उक्त हतियार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का वाङ्सु लामाले लिएर फरार भएको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार लामाको डेराबाट पेस्तोलमा प्रयोग हुने तीन थान गोली समेत बरामद गरिएको छ।प्रहरीले लामालाई पक्राउ गरी अनुसन्धान गर्दा उनी जेन–जी आन्दोलनका बेला फरार भएका कैदी रहेको पुष्टि भएको हो।लामामाथि यसअघि ज्यान मार्ने उद्योग मुद्दा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 482 पटक पढिएको
  • देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन् : दलित युनाइटेड जेनजी

    काठमाडौं— दलित जेनजी युनाइटेडले वर्तमान सरकारले न्याय र समानताको लागि खगेन्द्र सुनारलाई मात्रै देख्नु दुखद् भएको बताएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ६० लाख दलित भएको देशमा फौजदारी अभियोग लागेका सुनारलाई मन्त्री प्रस्तावित गर्ने विषयले दलितलाई अपमानित गर्ने प्रपञ्च भएको आरोप लगाएको छ ।दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् । हालै अदिलत अभियन्ता खगेन्द्र सुनारको नाम मन्त्रीको लागि प्रस्ताव गरेको तर पछि अभियोग लागेको बहानामा रोक्ने विषय षड्यन्त्र भएको बताउँदै परियाल

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 474 पटक पढिएको
  • सोरु गाँउपालिकाले अस्थाइ एवम् करार कर्मचारीको म्याद थप नगर्ने

    मुगु— मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५को निर्णय अनुसार अर्थ मन्त्रालयको चलानी नम्बर ११८ मिति २०८२ असोज ८को पत्रअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भनी गरिएको नीतिगत निर्णय तथा परिपत्र अनुसार गाँउपालकामा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त आर्थिक स्रोत तथा पालिकाको १६औं गाँउसभाबाट स्वीकृत संगठन संरचना २०८२ अनुसार दरबन्दी रहेका करार अस्थाई कर्मचारी  बाहेक अन्य करार अस्थाई कर्मचारी

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 510 पटक पढिएको
  • हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगको मान्यता आजसम्म यो देशमा नभएको काम गर्नेछुः हर्क साम्पाङ

    काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो ।मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए ।उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वा

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 507 पटक पढिएको
  • नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । यसअघि बिहीबार पनि नेप्से ३४.२२ अंकले बढेको थियो । यसअघि बिहीवार २६००.३८ बिन्दुमा रोकिएको नेप्से आज २६३१.१४ बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।आज कुल ३१९ स्टकको ६८ हजार १२२ पट्कको कारोबार मार्फत ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर कारोबार भएको छ ।अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 526 पटक पढिएको
  • धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

    धनुषा— धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् । निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 672 पटक पढिएको
  • बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ति राखिने, अनुगमन समिति बनाइने

    काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फ

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 509 पटक पढिएको
  • काठमाडौंको कालमोचन घाटमा महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालमोचन घाट क्षेत्रमा डोजर प्रयोग गरी सफाइ तथा संरचना व्यवस्थापन कार्य सुरु गरेको छ। शनिबार बिहान महानगरका कर्मचारी र उपकरणसहितको टोलीले उक्त क्षेत्रको फोहोर, अनधिकृत संरचना र अव्यवस्थित भाग हटाउने कार्य अघि बढाएको हो।महानगरका अनुसार, पछिल्ला वर्षहरूमा कालमोचन घाट परिसरमा फोहोरको मात्रा बढ्दै गइरहेको, संरचनाहरू अव्यवस्थित रूपमा फैलिँदै गएको र पवित्र धार्मिक स्थलको सौन्दर्य बिग्रँदै गएको भन्दै डोजर परिचालन गरिएको हो।महानगरका प्रवक्ता इश्वरमान डंगोलका अनुसार, “कालमोचन लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरूको सरसफाइ र व्यवस्थापन महानगरको प्राथमिक अभियान हो। स्थानीय

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 497 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.