समाचार

    Showing 8,601-8,610 of 19,605 items.
  • पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा

    गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो । ‘मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ, क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले भने, ‘यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।’ पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 312 पटक पढिएको
  • आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उन एक्लैले एकै दिनमा सकिसक्छन् ।लामो समय अर्म–पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर(हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन् । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उहाँले पावर टिलर किनेको बताए ।‘स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर ट

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 216 पटक पढिएको
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 259 पटक पढिएको
  • ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

    ढोरपाटन (बागलुङ) । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 322 पटक पढिएको
  • जुम्लामा यसवर्ष ढिलोगरी हिमपात

    जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात र हल्का वर्षा हुँदा यहाँका किसान खुसी भएका छन् । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो  । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयबासी मुनबहादुर एडीले जानकारी दिए ।ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । जिल्लामा यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । गएको असोज महिनादेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको यहाँका किसान बताउँछन् ।जिल्लाका आठवटै स्थानीय तहका धेरैजसो ठाउँमा स

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 250 पटक पढिएको
  • विषादीको अवशेष भेटिएको दुई क्विन्टल काउली अनुगमन टोलीद्वारा नष्ट

    झापा । विर्तामोडको कृषि थोक बजारमा बेच्न ल्याएको दुई क्विन्टल काउली र ब्रोकाउलीमा विषादीको अवशेष उच्च मात्रा फेला परेपछि नष्ट गरिएको छ ।बिर्तामोड–९ मा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका भारतीय नागरिक पङ्कजकुमार रायले उत्पादन गरेर बजारमा पुर्याएको ती तरकारीमा कार्वानेट र अर्गानोफस्फेट विषादीको अवशेष अत्यधिक पाइएको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए ।उनका अनुसार काउलीमा ९६.५२ र ब्रोकाउलीमा ९५.१४ प्रतिशत विषादी अवेशष पाइएको थियो । कृषि थोक बजारमा बिक्रीका लागि ल्याइने हरेक तरकारीको विषादी परीक्षणबाट खान योग्य सावित भएपछि मात्र उपभोक्तालाई बिक्री गर्न दिइने प्रचलन

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 303 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य १-१ रुपैयाँ घटाएको जानकारी दिएको छ ।घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने छ ।यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् छ ।

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 344 पटक पढिएको
  • प्रधानमन्त्री ज्यु मलाई हराउने खेलमा देशलाई नडुबाउनु होला: बालेन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई लक्षित गर्दै कडा सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो पराजय सुनिश्चित गर्न खोजिएको आरोप लगाउँदै, देशलाई कमजोर नबनाउन चेतावनी दिएका छन्। बालेनले लेखेका छन्, "भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेका मान्छे!" यस भनाइबाट उनले सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै, आफू कुनै व्यक्तिगत स्वार्थको लागि नभई मुलुकको हितमा लागिपरेको स्पष्ट पारेका छन्।उनको पोस्टले हालको सरकारप्रति आक्रोश मात्र होइन, नेतृत्वदायी तहमा रहेका व्यक्तिहरूलाई पनि गम्भीर सोच्न बाध्य बनाएको छ। बाले

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 504 पटक पढिएको
  • संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

    धनुषा । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु आज बिहान पूजापाठ गरी भारत विहारको कल्याणेश्वर प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको ड

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 323 पटक पढिएको
  • पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

    काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ ।शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । उनले भने,‘हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौं । त्यहि अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौं । दुई सय रुपैयाँदेखि लिएर नौं हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौं ।’त्यस्तै उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र ध

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 251 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा