समाचार

    Showing 8,341-8,350 of 19,582 items.
  • कमल थापा भन्छन्, लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको थापाले बताए ।मंगलबार उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन्। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन।’जनताले लोकतन्त्र नै तर राजासहितको खोजेको उनको बुझाइ छ। उनी लेख्छन्, ‘राजासहितको लोकतन्त्र खोजेको हो। लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 267 पटक पढिएको
  • विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषध सहित १५ जना पक्राउ

    काठमाडौं— सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते  वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । झापा नगरपालिका—५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका–१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम  ब्राउन सुगरसहित र पाँचथर फिदिम नगरपालिका–४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 273 पटक पढिएको
  • खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू

    रामेछाप । मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ । गाउँमा मानिसहरू बस्न छाडेपछि पुराना सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा ढल्न र नष्ट हुन लागेका छन् । ती सम्पदाहरूको संरक्षणमा ध्यान नदिने हो भने केही समयमा नै नष्ट भएर जाने अवस्था सिर्जना भएको छ । गाउँमा मानिसहरू बस्न छाडेपछि बौद्ध धर्मालम्बिले आफन्तहरूको स्मरणमा बनाएका पुराना मानेहरू ९छ्योर्तेन० नष्ट हुन लागेका सुनापति गाउँपालिका–४ बेथानका राजकुमार मैनाली बताउँछन् । वर्षौँ पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरू अहिले खण्डहरमा परिणत भएका उनले बताए । ‘गाउँमा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 143 पटक पढिएको
  • वीर अस्पताल निर्देशकको जिम्मा डा. शर्मालाई

    काठमाडौं— वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएको हो ।न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा.समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।डा. शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बोलाएको जानकारी दिए । मन्त्रालयबाट नियुक्ति पत्र ल

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 348 पटक पढिएको
  • कमजोरी सच्याउने आश्वासन दिदैँ मुख्यमन्त्रीले गरे विपक्षी दलसँग छलफल

    काठमाडौं— कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षी दलसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोसी प्रदेशसभा बैठकलाई गर्ने सम्बोधनका विषयमा औपचारिक जानकारी नगराएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए ।उनीहरूको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोसँग विराटनगरमा छलफल गरेका हुन् । मुख्यमन्त्री कार्कीले कमजोरीहरू सच्याएर अघि बढ्ने बताएको नेता आङ्बोले जानकारी दिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले आजको बैठकमा अनुपस्थित हुन सक्ने जनाउ दिएका थिए । प्रदेशसभा सचिवालय

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 411 पटक पढिएको
  • गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै होः एकीकृत समाजवादी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालयको तेस्रो बैठकले प्रतिगामी शक्तिहरूको चलखेलको विरोध गर्दै त्यस्ता गतिविधिहरू नेपाली जनताको चाहाना र भावना विपरीत भएको ठहर गरेको हो।‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरुद्ध गतिविधि गर्न थालेका छन्। यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत छन्’, बैठकपछि प्रचार विभा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 239 पटक पढिएको
  • रोङका एक सय २१ किसान ‘गुरु किसान’

    इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए ।छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । ‘अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ’, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘किसानलाई उत्पादकत्वमा प्रतिस्पर

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 302 पटक पढिएको
  • सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिम

    बेलबारी (मोरङ) । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको प्राणी शास्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 174 पटक पढिएको
  • मतदाता नामावलीमा अनेरास्ववियू क्रान्तिकारीको असन्तुष्टि, पब्लिक युथ क्याम्पसमा तालाबन्दी

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ ।निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको संयोजक रोशन कालिकोटेको हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । आफुहरुले भर्ना भएका विद्यार्थीहरुको तथ्यांक माग्दासमेत उपलब्ध नगराएको विषयप्रति आक्रोष भएको बताए ।स विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 347 पटक पढिएको
  • शिक्षक महासंघको आन्दोलनः आज कांग्रेस मुख्यालयमा धर्ना दिने

     काठमाडौं— विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघले मंगलबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन्। चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ। जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ। सरकारसँग कुनै नयाँ सहम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 170 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा