समाचार

    Showing 811-820 of 17,360 items.
  • मीनभवनमा मोटरसाइकल–स्कार्पियो ठोक्किँदा एकको मृत्यु

    काठमाडौं— काठमाडौंको मीनभवनमा स्कार्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।बिएबी ०३६५ नम्बरको स्कार्पियो सिभिल अस्पतालतर्फ मोड्ने क्रममा सोही दिशाबाट आएको बा ८१ प ४०१० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा गोरखा सिरानचोकका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको हो।दुर्घटना गएराति भएको हो भने मृतकको शव सिभिल अस्पतालमा राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।स्कार्पियो चालक ३४ वर्षीय कृष्ण कुमार कुइँकेल काठमाडौं कपन निवासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाको थप अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरले गरिरहेको छ।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 380 पटक पढिएको
  • एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव

    काठमाडौं— आफैं तेहेरिने योजनामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसायिक विषय समेटिएको प्रतिवेदन पेश गर्दै उनले महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् ।पूर्वप्रधानमन्त्री ओली तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेश गरेपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।ओलीले आफू कुनै हालतमा एमालेको नेतृत्व छाड्ने पक्षमा नरहेको बताएका छन् । उनले बुधबार सम्बोधनका क्रममा फेसबुकमा कसैले लेख्दैमा अध्यक्ष नछाड्ने बताए ।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 417 पटक पढिएको
  • श्रीलंकाको तस्कर गिरोहका ६ सदस्य काठमाडौंबाट पक्राउ

    काठमाडौं— श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ परेका छन्। उनीहरुलाई आजै डिपोर्ट गर्ने प्रहरीको तयारी छ। श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह अन्डरवर्ल्डका नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको भेटिएको हो। नेपाल प्रहरीसँग समन्वय गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै आएको खुलेको हो।प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिन

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 387 पटक पढिएको
  • एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव

    काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताए।एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्।‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’ उनले भने,’ लाखौं  कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’उनले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गरेका छन्।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 386 पटक पढिएको
  • धनकुटामा बस दुर्घटना एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

    धनकुटा— धनकुटामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।बिराटनगरबाट जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम यातायातको बस बुधबार धनकुटा नगरपालिका–३, निगालेमा दुर्घटना भएको हो।दुर्घटनास्थलमै मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। अनुहार र शरीरमा मबिल लागेकाले पहिचानमा समस्या भएको बताइएको छ।गम्भीर घाइते एक जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ भने उनकी पनि अझै पहिचान खुलेको छैन।दुर्घटनामा ७ जना अन्य यात्रु सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 375 पटक पढिएको
  • रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार, उपचारका लागि काठमाडौं पठाइयो

    रामेछाप । मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मङ्गलबार उद्धार गरिएको छ ।मानव सेवा आश्रम, काठमाडौंबाट आएको टोलीले स्थानीय पालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको हो । बुढाथोकीको मानसिक समस्या नियन्त्रण भन्दा बाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्न बाध्य भएको थियो ।खाँडादेवी गाउँपालिका–२ का वडा अध्यक्ष केशवकुमार प्रधानका अनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा थिए । ‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवा

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 109 पटक पढिएको
  • राजनीतिक अस्थिरता र षड्यन्त्रका विरुद्ध पार्टी एकजुट हुनुपर्छः शंकर पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।उनले भने, ‘राष्ट्रका सामु उत्पन्न भएका चुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथि चुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ । षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 103 पटक पढिएको
  • जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने : राप्रपा प्रमुख सचेतक शाही

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका मागहरू पूरा नगरी संसद पुनःस्थापना गर्नु नहुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेले दलहरूसँग संसद पुनःस्थापनाबारे गरेको छलफलपछि शाहीले आफ्नो पार्टीको स्पष्ट अडान प्रस्तुत गर्दै भने, “जेनजीका मागहरू पूरा नगरिकन संसद पुनःस्थापना गर्नु हुँदैन् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग पूरा गर्नुपर्छ र संसदबाट त्यसको प्रतिबद्धता सुनिश्चित भएपछि मात्र संसद पुनःस्थापना गर्न सकिन्छ ।”शाहीका अनुसार, राप्रपाले जेनजी आन्दोलनका प्रमुख मागहरू — प्रत्यक्ष कार्यकारी प्र

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 80 पटक पढिएको
  • पूर्व सभामुख महराको बयान सुरु

    काठमाडौं—  पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको छ ।सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।&nbs

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 369 पटक पढिएको
  • काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २६ लैनचौर क्षेत्रमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको जडान कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको छ ।वडाध्यक्ष तथा महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले लैनचौरस्थित वडा कार्यालयमा नम्बर ०९– लक्ष द्रव्य ६१११ को ठेगाना प्लेट जडान गर्दै सो प्रणालीको शुभारम्भ गरेका हुन् । प्रारम्भिक चरणमा लैनचौर क्षेत्रका अल्का बस्ती मार्ग र लैनचौर मार्गमा डिजिटल प्लेट जडान गरिने योजना रहेको छ । वडाले आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक खरिद प्रक्रिया सुरु गरेसँगै प्लेट जडानको काम अघि बढाएको हो ।परियोजनाको कुल ल

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 64 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा