काठमाडौं— हरेक वर्षको डिसेम्बर ९ मा विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनान्छ । आजको दिन भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस को नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकताबद्ध हुँदैः भोलिको अखण्डता निर्माण गर्दै’ भन्ने रहेको छ । यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्
दार्चुला— जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रहरीले चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेका छन् ।सोमबार साँझ नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई शंकास्पद लागेपछि चेकजाँच गर्दा ३१ ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरी प्रवक्ता निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
काठमाडौं— भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्र
काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
एजेन्सि— संयुक्त राज्य अमेरिकाको जेलबाट रिहा भएको केही दिनमै हन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजका लागि कानुनी र राजनीतिक उथलपुथल चुलिएको छ। देशको सर्वोच्च अभियोजकले उनीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेका हुन्।महान्यायाधिवक्ता जोहेल एन्टोनियो जेलायाले सोमबार ‘एक्स’ मा एक पोस्टमार्फत सार्वजनिक अभियोजकको कार्यालयको मुख्य अनुसन्धान निकाय ‘एजेन्सिया टेक्नीका डी इन्भेस्टिगेशन क्रिमिनल’ लाई इन्टरपोललाई ‘पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजविरुद्धको अन्तर्राष्ट्रिय पक्राउ पुर्जी कार्यान्वयन गर्न’ आग्रह गर्न निर्देशन दिएको जनाएका छन् ।हर्नान्डेजकी श्रीमतीले भने उनी नि
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्र को माग गर्दै विरोध तथा जनदबाब कार्यक्रम आयोजना गर्दैछ।पार्टीले 'नविन समझदारीका लागि दबाब' दिने उद्देश्यले जनप्रदर्शन र वृहत सभा कार्यक्रम गर्न लागेको हो। यो कार्यक्रम आज बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ। राप्रपाले राजनीतिक दल र जेनजी (युवा पुस्ता) का बीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्य राखेको छ।
काठमाडौं— तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले करसहित पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीसचिव गीता दाहालले जानकारी दिइन् ।प्रस्तावित लाभांश आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
काठमाडौं— सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सरकारका नाममा परमादेश जारी गरेको छ । ऊर्जा मन्त्री भएर आएलगत्तै कुलमान घिसिङले हितेन्द्रलाई पूर्वाग्राही किसिमले हटाएको थियो । सर्वोच्चले मन्त्री घिसिङको गल्ती सच्याइदिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो ।‘शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने तथा सो पदबाट रिक्त हुन आउने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्ष
काठमाडौं— भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए। अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उनको भनाइ छ ।“हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ”, प्रमुख थुलुङले भने, “कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुदै छ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो । यसैकारण लिगमा सातमध्ये ६ खेल जितेको भए पनि आ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.