धुलिखेल— प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हा
काठमाडौं— नेकपा एमालेका सचिव गोकर्ण विष्टले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम र जिम्मेवार भएर महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्र्दभमा अन्तर संवाद गर्दै बिष्टले पार्टी नेतृत्व, प्रतिनिधिहरूको भूमिका र महाधिवेशनले देशको पछिल्लो राजनीतिक परिस्थिति समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।पार्टीभित्रका प्रतिनिधिहरू स्वतन्त्र र सार्वभौम हुनुपर्नेमा जोड दिँदै विष्टले भने, ‘महाधिवेशन सफल पार्न प्रतिनिधि साथिहरूले समातेका मुद्दा, कार्यकर्ताको चाहना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई पुनर्गठित र समृद्ध बनाउनु आवश्यक छ ।’उनले भदौ २३ र २४
काठमाडौं— इन्डोनेशियाको राजधानी जकार्तास्थित एक भवनमा लागेको भीषण आगलागीमा कम्तीमा २२ जनाको ज्यान गएको छ। सात तले भवनमा मंगलबार दिउँसो आगलागी भएको हो।सहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कन्ड्रोका अनुसार आगो लाग्ने समयमा केही कर्मचारी मध्याह्न भोजन गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा पहिलो तल्लामा ब्याट्री विस्फोट भएपछि आगलागी सुरु भई माथिल्लो तल्लातर्फ फैलिएको पाइएको छ। सो भवन ड्रोन निर्माण गर्ने कम्पनीको हो।प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये धेरैजसो महिला रहेका छन्, जसमा एक गर्भवती महिला पनि थिइन्। अधिकांशको मृत्यु धुवाँका कारण भएको आशंका प्रहरीले जनाएको छ।आगो नियन्त्रणका लागि २८ दमकल सवारी
काठमाडौं— हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोड रुपैयाँ मध्ये करिव ३ अर्ब १२ करोड २७ लाख रु
जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन् । यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।
जनकपुर— अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ ।बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ ।एशोसिएसनले आज र भोली दुई दिन जनकपुरधाममा दिवस मनाउन लागेको हो । एशोसिएसनले जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक सभा हलमा मानव अधिकारको सन्दर्भमा एक वर्ष भरिका मानव अधिकार सम्बन्धी गतिविधीहरु समेटेर अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल बार एशोसिएसनका महासचिव केदार प्रसाद कोइरालाले जानकारी दिए ।उनले सो अवधारणा पत्रमा सहभागीहरुले व्यापक छलफल गर
काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२
काठमाडौं— लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् ।मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै
काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् ।बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई बद्नाम गरेको बताए । केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए । उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।उनले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.