काठमाडौं— काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना र सिसिटिभीमार्फत ६६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, रातोबत्ती उल्लंघन गर्ने २६ जना चालकलाई पनि कारबाही गरिएको छ।यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४४, हर्न निषेध उल्लंघन गर्ने ३८, लेन क्रस गर्ने ५६, सवारीको अवस्था ठीक नभएका ३४ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १६ जना चालक क
काठमाडौं— आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation
सर्लाही— जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट लाल बन्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद गरेको जनाएको छ ।अटोभित्र लुकाइछिपाई लैजाँदै गरिएको अवस्थामा पाँच वटा पोकामा राखिएको २२ किलो ८२० ग्राम गाँजा फेला परेको प्रह
काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।यस्तै, प्रधानमन्त्री बालेन शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने कार्यसूची छ ।बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैग
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०० पैसा र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १
काठमाडौं— देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा समेत मेघगर्जन तथा चट्या
काठमाडौं / वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटमाथिको बहस भइरहेको हो। श्रेष्ठको तर्फबाट बहस गर्न डेढ दर्जनभन्दा बढी कानुन व्यवसायीले नाम दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शम्भु थापाले प्रारम्भिक बहस सम्पन्न गरिसकेका छन् भने चिया विश्रामपछि अन्य कानुन व्यवसायीले बहसलाई निरन्तरता दिनेछन्।बहस सकिएपछि अदालतले श्रेष्ठलाई थुनामै राख्ने वा रिहा गर्ने सम्बन्धमा आदेश जारी गर्ने अपेक्षा गरिएको छ। गत बुधबार राति ललितपुरस्थित नि
विराटनगर / मोरङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागारभित्र गरिएको खानतलासीको विरोध गर्दै प्रदर्शन गरेका छन्।खानतलासीका क्रममा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाउँदै केही कैदीबन्दी कारागारको छतमा चढेर विरोधमा उत्रिएका हुन्। आज बिहान प्रमुख जिल्ला अधिकारी युवराज कटेलको नेतृत्वमा गएको सुरक्षा टोलीले कारागारको सुरक्षा व्यवस्थालाई थप कडा बनाउने उद्देश्यले खानतलासी गर्नुका साथै केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। यसको विरोधमा कैदीबन्दीहरूले कारागारको ‘बी’ ब्लकमा अवरोध सिर्जना गर्दै प्रदर्शन गरेका हुन्।घटनापछि कारागार क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइए
काठमाडौं / नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।उनका अनुसार नेपालबाट बाहिर लैजान पाइने विदेशी मुद्राको निर्धारित सीमाभन्दा बढी रकम साथमा रहेको
काठमाडौं / वैदेशिक रोजगार व्यवसायीले घोषणा गरेको आन्दोलन अन्त्य भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको वार्तापछि व्यवसायीका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको हो।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार मन्त्रालयले व्यवसायीका मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि भोलिदेखि सबै म्यानपावर कम्पनी नियमित रूपमा सञ्चालन हुनेछन्। संघले सेवा शुल्क निर्धारण, वैदेशिक रोजगार विभागले गरेका कारबाही फिर्ता लिनुपर्ने लगायत १५ बुँदे माग अघि सारेको थियो। माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले कार्यालय बन्द गरी वै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.