समाचार

    Showing 5,981-5,990 of 25,583 items.
  • चौथो मःम महोत्सव सुरु

    नेपालगन्ज। विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ ।नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिनुभयो । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएकोे महोत्सवलाई आगामी वर्षद

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 267 पटक पढिएको
  • आज पदबाट राजीनामा दिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने तयारीमा छन्। उनका सचिवालयले जनाएअनुसार उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्।राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अघि बढ्नेछन्। निर्वाचन आयोगले मनोनयन दर्ता माघ ६ गते तोकेको छ।राजीनामा पछि बालेन शाह भोलि पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय गरिएको छ। त्यहाँ रास्वपा मधेस प्रदेश कमिटीले विस्तारित भेला राखेको छ, जसमा प्रदेश र आठवटै जिल्ला समितिका पदाधिकारी र सभापतिहरू सहभागी हुनेछन्।सभामा बालेन शाहको प

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 610 पटक पढिएको
  • निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

    काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र माननीय आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो ।कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गरा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 242 पटक पढिएको
  • आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

    काठमाडौं— आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ ।जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो ।राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए ।अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ९१०

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 469 पटक पढिएको
  • इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति

    काठमाडौं— इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर भएका प्रदर्शनका क्रममा हजारौँ मानिसको मृत्यु भएको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।कडा दमनका कारण अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको बेला आएको यो स्वीकारोक्ति इरानी नेतृत्वका लागि असामान्य मानिएको छ । शनिबार टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले गत डिसेम्बरको अन्त्यतिर आर्थिक सङ्कट र व्यापक राजनीतिक असन्तोषका कारण सुरु भएका प्रदर्शनमा “केही हजार” मानिसको ज्यान गएको बताएका हुन् ।उनले केही मृत्यु “अमानवीय र निर्दयी अवस्थाका कारण” भएको उल्लेख गरे पनि यसको दोष इरानी सुरक्षा निकायमाथि नलगाई अमेरिका तथा अन्य विदेशी शक्तित

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 543 पटक पढिएको
  • देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षणयन्त्र मात्रै होः गणेश पराजुली

    काठमाडौं— मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तयारीबारे नेता गणेश पराजुलीसँग संवाद गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ?फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने गरी तयारी गरिराखेका छौं । यही बीचमा बालेन्द्र शाहजीसँग समायोजन गरेका छौं । त्यसपछि कुलमान घिसिङसँग पनि समायोजन गरेका थियौं, त्यसमा थोरै समस्या आयो । उहाँहरूका केही आफ्ना मागहरू, आकांक्षाहरू पूरा हुन नसकेको अथवा फरक सोच भएका कारण समस्या आएको

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 535 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    काठमाडौं— निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको व

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 423 पटक पढिएको
  • पुस सम्म ४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

    काठमाडौं— पुस महिना सम्म नेपालका ४७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उक्त लगानी प्रतिबद्धता आएको हो । यसअघि असोज सम्म ३११ ओटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।विभागका अनुसार हालसम्म प्रत्यक्ष वैदेशिक लगानीको कुल प्रतिबद्धता ७ हजार ७१३ ओटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 454 पटक पढिएको
  • काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

    काठमाडौं— नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ।नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।टोलीकी कप्तान इन्दु वर्माले घरेलु मै

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 512 पटक पढिएको
  • राष्ट्रियसभाको अधिवेशन आजदेखि

    काठमाडौँ। राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।सङ्घी

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.