समाचार

    Showing 5,901-5,910 of 25,583 items.
  • रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

    लुम्बिनी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो । जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राजनीतिक दलला

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 255 पटक पढिएको
  • एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म  ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 290 पटक पढिएको
  • मुख्य दलले म्याग्दीबाट निर्वाचन उम्मेदवारको टुङ्गो लगाए

    बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट धु्रव घिमिरेले उम्मेदवारी दिने हुनुभएको छ ।पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसक्नुभएको छ । मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 255 पटक पढिएको
  • कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 264 पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात

    भद्रपुर। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरको सामान विभिन्न मुलुक निर्यात

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 307 पटक पढिएको
  • आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

    कर्णाली। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो । नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँले उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको जनाउँदै अहिले अवस्थामा सामान्य रहेको बताउनुभयो । प्रमुख सेना

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 265 पटक पढिएको
  • निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ ।उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार व

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 316 पटक पढिएको
  • फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

    काठमाण्डौं—  विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ ।यस सिरिजमा चारवटा मोडेलहरू रेड्मी नोट १५ प्रों ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रों ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ । जसमा १०५ एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।रेड्मी नोट सिरिजमा पहिलोपट

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 501 पटक पढिएको
  • शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला

    काठमाण्डौं— शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्ष

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 429 पटक पढिएको
  • बाजुरामा रुख बाट लडेर एक जनाको मृत्यु

    बाजुरा— जिल्लामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो।बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।घर नजिकैको रुखबाट डाँले घाँस भैंसीका लागि काट्न गएका कार्की रुखबाट लडेर गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्याएको थियो ।अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.