समाचार

    Showing 5,841-5,850 of 25,583 items.
  • हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

    चितवन— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो।कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको कार्यालयका सूचना अधिकारी मदन ला

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 473 पटक पढिएको
  • झापा–५ बन्यो चुनावी रणभूमि, ओली सक्रिय, बालेन आक्रामक

    दमक— झापा–५ को चुनावी माहोल तातेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक केन्द्रित भेटघाटलाई तीव्र बनाउँदै तल्लो तहसम्म संगठन सक्रिय बनाउने प्रयास थालेका छन् । मंगलबार मनोनयन दर्ता गरेपछि ओली बुधबार बिहानैदेखि विभिन्न वडाका नेता–कार्यकर्तासँग छलफलमा जुटेका हुन् ।दमकमा रहेका ओलीले विशेषगरी युवासँग अन्तरक्रिया गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम, त्यसको प्रगति र आगामी योजनाबारे सुझाव लिइरहेका छन् । स्थानीय स्तरका कार्यकर्तालाई प्रत्यक्ष भेटेर चुनावी रणनीति मजबुत बनाउनेतर्फ ओली केन्द्रित देखिएका छन् ।यसैबीच, ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बा

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 521 पटक पढिएको
  • पुस महिनामा मात्र विदेशिने श्रमिकहरुको संख्या ३१ हजारभन्दा बढी

    काठमाडौं—  पछिल्लो एक महिनामा ३१ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका हुन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुसमा म्यानपावरमार्फत ११ देशमा मात्रै श्रमिकहरू गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९० देशमा नेपाली श्रमिकहरू गएका छन् ।गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेश

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 502 पटक पढिएको
  • जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय

    काठमाडौं— जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व” भएको उल्लेख गर्दै समाजमा गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए ।यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको थियो । नारा

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 464 पटक पढिएको
  • नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता परीक्षा माघ १० गते हुँदै

    काठमाडौं— नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा हुने भएको छ ।बुधबार काउन्सिलले सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जानकारी दिएको हो । परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुनेछ ।प्रकाशित सूचना अनुसार प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने छ ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 477 पटक पढिएको
  • बैंककमा नेपालका गन्तव्य र अनुभव प्रदर्शन गर्दै पर्यटन बोर्ड र निजी कम्पनीहरू

    काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरूको सहभागितामा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभवहरू प्रदर्शन गरिँदैछ । मेलामा ट्रेकिङ, साहसिक पर्यटन, सांस्कृतिक भ्रमण तथा तीर्थयात्रासम्बन्धी विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरिएको छ ।मेलामा सहभागी नेपाली कम्पनीहरूमा इमेज ट्राभल एण्ड एक्सपिडिसन, नेपाल हाइकिङ टिम, ब्रोड एडभेन्चर, नेपाल सोसल ट्रेक्स एण

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 488 पटक पढिएको
  • सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    सर्लाही— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ ।नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि पार्टीभित्र प्रभाव जमाउँदै आएका थापाले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर नेतृत्व हात पारेपछि उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।२०७० सालदेखि काठमाडौं– ४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गर

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 508 पटक पढिएको
  • भ्रष्टाचार मुद्दा प्रकरण विशेष अदालतले माधव नेपालसम्बन्धी फाइल झिकाउन आदेश

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ।न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको बुधबार बसेको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको छ।पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको आरोप लागेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैया

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 482 पटक पढिएको
  • एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश

    झापा— राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।खतिवडाले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन् ।सामाजिक सञ्जालमार्फत खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्। उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेक

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 486 पटक पढिएको
  • कपिल कसपालको शब्दमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक

    भक्तपुर— गायक तथा गीतकार कपिल कसपालको शब्दमा सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको छ । एस.पी.जे. आर्ट एण्ड म्युजिक तथा विनिता साँस्कृतिक कला प्रवद्र्धन केन्द्रको संयुक्त प्रस्तुति रहेको ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको हो ।भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा उक्त भजन सार्वजनिक गरिएको हो ।कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका रूपमा सहभागी थिए । वसन्त पञ्चमीलाई लक्षित गर्दै तयार गरिएको सो भजन युट्युब च्यानल एसपीजे आर्ट एण्ड म्युजि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 445 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.