समाचार

    Showing 5,831-5,840 of 25,583 items.
  • कोशी र गण्डकी प्रदेशका प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै, राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 481 पटक पढिएको
  • आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ८ गते बिहीबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। मेषः बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।वृषः सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।मिथुनः धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर म

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 530 पटक पढिएको
  • बिकासका काममा ढिलासुस्ति नगर्न मुख्यमन्त्रीको निर्देशन

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् ।कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूको अर्धबार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताए ।उनले भने, ’निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन’ उनले भने, ’चुनावको बहाना देखाएर बिकासमा अवरोध हुनु हुँदैन ।’ मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण गरेको भएपनि कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टी जनाए ।कार्याल

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 518 पटक पढिएको
  • नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

    काठमाडौं— बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो ।नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 500 पटक पढिएको
  • केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो ।गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ ।बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारीत भै कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समिक्षा भएको छ ।निर्वाचन स

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 490 पटक पढिएको
  • अध्यक्ष डिमप्रसाद पौडेल भन्छन कृषि विकास बैंकले प्रगति गरिरहे पनि चुनौती थपिएका छन्

    काठमाडौं— कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताएका छन् ।बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ५९औँ वार्षिकोत्सव स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बैंकको हितका लागि सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले बैंक स्थापना भएको पृष्ठभूमिदेखि अहिलेसम्मको लामो इतिहासले समय–समयमा बैंकको भूमिका परिवर्तन हुँदै आएको बताए ।‘हामी जुन पृष्ठभूमिमा स्थापना भयौँ, त्यहाँबाट यहाँसम्म आइपुग्दा बैंकको लामो इतिहास छ । त्यो इतिहाससँगै कृषि विकास बैंकका भूम

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 475 पटक पढिएको
  • स्याङ्जामा दुई पदका लागि २८ जना चुनावी मैदानमा, कस्ले मार्ला बाजी ?

    स्याङ्जा— दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 445 पटक पढिएको
  • सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

    काठमाडौं— बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 507 पटक पढिएको
  • रामेछापमा १७ जनाको उम्मेदवारी पर्दा एक जनामात्र महिला

    रामेछाप— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी हुन् ।निर्वाचनका लागि राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 466 पटक पढिएको
  • बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता

    ढाका— आगामी फब्रुअरी–१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ।आयोगले मङ्गलबार उम्मेदवारी दर्ता, छानविन, अपिल, फिर्ता र उम्मेदवारको सूची अन्तिम रूप दिए पछि अद्यावधिक तथ्याङ्क जारी गरेको जनाएको छ।बङ्गला देशका ३०० निर्वाचन क्षेत्रहरू मध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारको सूची तयार भएपछि यो सङ्ख्या अझै बढ्ने अनुमान आयोगले गरेको छ।सीमाको विषयलाई लिएर कानुनी विवाद भएका कारण दुई निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी फिर्ता लिने समयसीमा जनवरी–२६ सम्म बढ

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 531 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.