टीकापुर — टीकापुरमा शनिबार साँझ एक शिक्षकको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले घटनाको अनुसन्धान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिहरूको परिचय खुलाएको छैन।मृतक शिक्षकको पहिचान जानकी गाउँपालिका–४ कञ्चनपुरस्थित जनता नमूना माध्यमिक विद्यालयका ४५ वर्षीय अंग्रेजी शिक्षक जगदीस पन्तको रूपमा गरिएको छ। उनी धनगढी उपमहानगरपालिका–तारा नगरका स्थायी बासिन्दा थिए र विगत १७ वर्षदेखि सो विद्यालयमा अध्यापन गर्दै आएका थिए।प्रधानाध्यापक नारायण तिमिल्सिनाका अनुसार साउन ३ गते बिदापछि धनगढीबाट फर्किएका पन्त अर्को शिक्षकसँगै दुर्गौलीमा छुट्टाछुट्टै डेरामा बस
सुर्खेत – फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो । राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले पाँच सदस्यीय समन्वय समति गठन गरि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । राउटे समुदायको संरक्षण गर्न आवश्यक ऐन निर्माणका लागि विधेयक बनाउने, राउटेको प्रोफाइल तयार पार्ने र राउटे करिडोरको खाका तयार गर्नका लागि सामाजिक विकास मन्त्रालयले राउटे समन्वय समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा आदिवासी ज
विर्तामोड— नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्रकुमार यादवले वर्तमान संविधानलाई सर्वोत्कृष्ट भन्दै यसको विशेषताबारे चर्चा गरेका छन। कांग्रेस झापाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसदमा सबै जात, वर्ग, लिङ्ग र क्षेत्रको समावेशी प्रतिनिधित्व देखिएको संविधानलाई ‘फूलबारी’को संज्ञा दिए।“समतामूलक सहभागिता, मिश्रित प्रणाली र सबैको प्रतिनिधित्व संविधानको प्रमुख विशेषता हो,” नेता यादवले भने, “संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो। पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको अभाव र नेताहरुबीचको इष्र्या–इगो नै हारको मुख्य कारण हो।”निर्वाचन प्रणालीमा
काठमाडौं — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा सक्रिय भइसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ। उक्त भेटवार्ता दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा तय गरिएको छ।पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेशको विषयमा हालै बसेको एमाले सचिवालय र पोलिटब्यूरो बैठकमा व्यापक छलफल भएको थियो। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली स्वयंले भेट गरेर छलफल गर्नुपर्ने सुझाव दिएपछि यो भेट तय गरिएको हो।भण्डारीले गत असार १४ गते ७४औं मदन जयन्तीको अवसरमा एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी थिइन्। त्यस
सुनसरी— सुनसरी जिल्लामा शुक्रबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।इटहरी उपमहानगरपालिका–२० स्थित बिहान पौने १० बजे प्रदेश नं. २–०१–००३ प २७२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय बिमल कुमार साह गम्भीर घाइते भएका थिए। सिरहा, लहान–८ निवासी साहको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–५ मा प्रदेश १–०२–००२ ख ०२४० नम्बरको टिपरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय सुदिन यादव गम्भीर घाइ
विराटनगर— झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको अर्जुनधारा नगरपालिका–४ का ३५ वर्षीय दीपक पाण्डे साउन २ गते दिउँसो साढे २ बजे बिर्तामोड–२ स्थित विद्युत् ट्रान्समिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।उक्त दिनकै दिउँसो सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीया स्मृति चौधरी आफ्नै घरमा रहेको पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दुवै घटनाको सम्बन्धमा सम्बन्धित प्
सुनसरी– सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।साउन २ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थित चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस लागू औषधसहित जिल्ला प्रह
इलाम— इलामको माईजोगमाई गाउँपालिका–२ का २३ वर्षीय प्रकाश चापागाईको धारिलो हतियार (छुरा) प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार, सुर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण शेर्पाले ससुराली घरमा आएका प्रकाश चापागाई र उनका दाजु निरोज चापागाईमाथि छुरा प्रहार गरेका थिए। घटनामा प्रकाश चापागाईको घटनास्थलमै मृत्यु भएको थियो भने उनका ३२ वर्षीय दाजु निरोज चापागाई गम्भीर घाइते भएका छन्। हाल घाइते निरोज चापागाईको झापाको बी एण्ड सी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।असार ३२ गते राति भएको उक्त घटनापछि फरार रहेका शेर्पालाई प्रहरीले खोजतलासको क्रममा साउन १ गते सुर्योदय न
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्।आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न अनुरोध गरेका हुन् । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिए । उनले लेखेका छन्,‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना
विराटनगर— मोरङ, सुनसरी र धनकुटा जिल्लाबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–९ स्थितमा चेकजाँचका क्रममा भारत बिहार, सिक्टी ग्राम पंचायत निवासी ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत निवासी ३२ वर्षीय शेर मोहमदलाई पक्राउ गरेको हो। उनीहरूबाट ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा रायलाई १
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.