समाचार

    Showing 5,771-5,780 of 23,499 items.
  • दार्चुलामा अवैध भन्सार छलीका सामान नियन्त्रण

    दार्चुला— दार्चुला मा प्रहरीले अवैध रूपमा भन्सार छली गरिएका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार साँझ महाकाली नगरपालिका–४ को बसपार्क क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले करिब ४३ हजार ३०० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा बिँडी, स्विटर, सुटपिस, चप्पल लगायतका सामग्री रहेका छन्।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 506 पटक पढिएको
  • बागमती प्रदेश सरकारले जीप खरिद प्रक्रिया अघि बढाएपछि आलोचना

    हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछुट्टै सूचनाबाट उक्त खरिद प्रक्रिया औपचारिक रुपमा अघि बढाएको सार्वजनिक सूचनामा उल्लेख छ ।  प्रदेश सरकारले  कात्तिक २ गते जारी गरेको पहिलो सूचनामा १ करोड १४ लाख ४० हजार ४ सय ८० रुपैयाँ भ्याटसहित अनुमानित लागतमा जीप खरिदका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 187 पटक पढिएको
  • उज्यालो नेपाल, नागरिक उन्मुक्ति र हाम्रो पार्टीबीच एकता प्रक्रियामा तीव्रता

    काठमाडौं— कुलमान घिसिङको समर्थन रहेको बताइने उज्यालो नेपाल पार्टीसहित तीन राजनीतिक दलबीच एकता प्रक्रियालाई तीव्र बनाइएको छ। उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एउटै संगठनमा एकीकृत हुने उद्देश्यसहित निरन्तर संवादमा रहेका छन्।नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीका अनुसार दलहरूले एकताको अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। उनका अनुसार मंगलबार मात्र पनि कुलमान घिसिङ सहभागी रहने गरी संयुक्त बैठक बसेको र एकताका प्रमुख बुँदाहरूमा छलफल भएको छ।‘हामी अहिले एकताको बिलकुल नजिक छौँ,’ चौधरीले बताए, ‘फागुन २१ गते हुने निर्वाचनका लागि मर्ज

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 478 पटक पढिएको
  • प्रधानसेनापति सिग्देलबाट दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं— उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 491 पटक पढिएको
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पहिलो दलका प्रतिनिधिहरु सनाखतका लागि आयोगमा

    काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो दल ‘समावेशी समाजवादी पार्टी’का प्रतिनिधिहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा यसअघि नै निवेदन दिएको थियो । ‘दल दर्ताका लागि दिएको निवेदनपछि सनाखतका लागि हामी निर्वाचन आयोग आएका हौं, संभवत आज(मंगलबार)नै प्रमाणपत्र पाउने अपेक्षा गरेका छौं,’ उक्त पार्टीका संरक्षक सुनिलबाबु पन्तले भने ।आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र लिन चाहेको पनि पन्तले जानकारी दिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी नुमा लिम्बुको अध्यक्षता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 462 पटक पढिएको
  • ट्रकको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौं— ललितपुर महानगरपालिका–१३ कुसुन्तीहाइटस्थित रिङरोडमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।मंगलबार बिहान पौने १० बजेति ना ६ ख ४९१७ नम्बरको ट्रकले बागमती प्रदेश–०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ घर भइ सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल गम्भीर घाइते भएकी थिइन् ।उपचारका लागि पाटन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेश राज सुवेदीले बताए ।ट्रक चालक धादिङको धार्के गाउँपालिका–२ का २५ वर्षीय सनम तामाङलाई नियन्त्रणमा लिएरु जिल्ला प्रहरी परिसर लल

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 468 पटक पढिएको
  • ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

    चितवन— ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका-३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६-००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो।भरतपुर महानगरपालिका-१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 454 पटक पढिएको
  • मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

    चितवन। ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो ।भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको होे । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय र

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 396 पटक पढिएको
  • एमालेका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश, केन्द्रीय सदस्यमा मनोनयन

    काठमाडौं— एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन।पार्टी प्रवेशपछि दुलालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक रहेको बताए । एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपा रोज्न बाध्य भएको उनले टिप्पणी गरे। उनका अनुसार देशभरका कम्युनिस्ट शक्तिलाई एउटै धारमा उभ्याउनु अहिलेको आवश्यकता हो, र त्यसैले आफू नेकपामा समाहित भएको हो।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 435 पटक पढिएको
  • ‘लगानी प्रवद्र्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरुले परिणाम दिन सकेनन्’

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् ।मंगलबार काठमाडौंमा ११ औं राष्ट्रि उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरुले त्यो हिसाबले काम गर्न नसकेको बताए । उनले भने, ‘नेपाल सरकारको तर्फबाट स्थापना गरेका कतिपय संस्थाहरु कसैलाई रोजगारी दिने हिसाबले मात्र स्थापना भएको देखेका छौं । यस्तो काम

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 473 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.