समाचार

    Showing 5,741-5,750 of 9,816 items.
  • एसीसी महिला टी- २० च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरियो नेपाल

    काठमाडौँ / नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षाले यूएईविरुद्धको खेल रद्द भएका कारण नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।तर वर्षाका कारण नेपालले जबाफी ब्याटिङ गर्न पाएन र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 36 पटक पढिएको
  • बालयौन दुरुपयोग गरेको आरोपमा मेचीनगरबाट ३५ वर्षीय युवक पक्राउ

    बिर्तामोड / १४ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १० खयरडाँगी शान्ति टोल बस्ने ३५ वर्षीय सञ्जीव बराल रहेको प्रहरीले जनाएको छ । बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका- १० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 40 पटक पढिएको
  • ७७ वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा गौरादहका एक युवक पक्राउ

    झापा / खोटाङमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका- ३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्का रहेको प्रहरीले जनाएको छ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका- ५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका- १६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको   प्रहरीले खड्कालाई बुधबार दिउँसो पक्राउ गरेको हो । खोटाङ बराहपोखरी गाउँपालिका- ५ पानिटारस्थित दुधकोसी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा उनकै नाति नि

    • प्रकाशित मितिः असार १०, २०७९
    • 31 पटक पढिएको
  • झापाको गौरादहमा पानीमा डुबेर एकजनाको मृत्यु

    बिर्तामोड / झापाको गौरादह नगरपालिका - ९ बैगुनधुरामा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४१ वर्षीय बुद्धराम हेमरन रहेको प्रहरीले जनाएको छ । हेमरन बुधबार बिहान घरबाट काम गर्न भनी हिडेकोमा बेलुका सम्म घर नफर्किए पछि आफन्तले  खोजतलास गर्ने क्रममा बिहीबार बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । मृतक लाश पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 50 पटक पढिएको
  • भारतबाट राजस्व छली गरि ल्याइएको ५०० बोरा चिनी बरामद

    नेपालगञ्ज / भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।“नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ”, उनले भने । बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ ।भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलग

    • प्रकाशित मितिः असार १०, २०७९
    • 47 पटक पढिएको
  • मोरङमा मेसिनले हात काट्दा १ जनाको मृत्यु

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १७ स्थित रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ । बिहीबार राती १० बजे जुटमिलमा अप्रेटरको काम गर्ने मोरङ बिराटनगर- १४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटी घाईते भएका थिए । घाईते कामतलाई तत्काल उपचारको लागी बिराटनर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असार १०, २०७९
    • 41 पटक पढिएको
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ / रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीका प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरूको नाम आज सार्वजनिक गर्ने तयारी छ ।असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए । उक्त दल दर्ता हुन भने बाँकी नै छ । 

    • प्रकाशित मितिः असार १०, २०७९
    • 27 पटक पढिएको
  • आज सातै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ / आज प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक - दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम

    • प्रकाशित मितिः असार १०, २०७९
    • 22 पटक पढिएको
  • कारागारमा एक्कासि बेहोस भएका कैदीको मृत्यु

    झापा / महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहरपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव   बिहान २ बजे एक्कासि बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ । 

    • प्रकाशित मितिः असार १०, २०७९
    • 50 पटक पढिएको
  • झापा एमाले अध्यक्ष कार्कीको घर अगाडि शंकास्पद बस्तु फेला, नेपाली सेनाले गर्यो निस्क्रिय

    बिर्तामोड / नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको घर अगाडि राखिएको प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको गौरादह नगरपालिका –३ स्थित घरको ढोका अगाडि शंकास्पद वस्तु फेलापरेपछि चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।डिस्पोज गरिएको बस्तु ‘होक्स’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । तार जडित कुकर कार्कीको घर अगाडि आज (शुक्रबार) बिहान ५ः३० बजे फेला परेको थियो । अध्यक्ष कार्कीले तार जोडिएको अवस्थामा आफ्नो घर अगाडि कुकर फेला परेको भन्दै सामाजिक सञ्जालमार्फत सा

    • प्रकाशित मितिः असार १०, २०७९
    • 97 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा