बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिका- ६ घेरावनीबाट लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाइकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो । मोटरसाइकलबाट गाँजा बरामद भए सँगै मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका- ३ का ४५ वर्षीय नेत्र भट्टराईलाई समेत पक्राउ गरेको छ । गाँजा सहित पक्राउ भट्टराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड / धनकुटा नगरपालिका -६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि. को क्षेत्र भित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिल बहादुर राईको १४ वर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका- ५ का विजय राईको १५ वर्षीय छोरा सोनिम राई रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो उक्त पोखरीमा पौडी खेल्न गएका बालकहरू डुबेर घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिर्तामोड / मोरङमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा ४ का ६९ वर्षीय मंगल राम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा घाइते भएका साइकलमा सवार रामको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्स चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलको ठक्करबाट बुढीगंगा ५ का २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ । प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बूढीगंगा ४ स्थित प्रिमियर वायर उद्योग अगाडि श्रेष्ठलाई ठक्कर दिएको थियो ।&nb
झापा / पाल्पामा अब ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । जिल्लाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको हो । एघारौँ गाउँसभा मार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताए ।साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्
पोखरा / केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका –४ मा सडकसहित एक घर भासिएको छ ।वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । वडाध्यक्ष पराजुलीले भने ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।’त्यस्तै वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।मादी गाउँपालिका १ का वडाध्यक्ष द
बिर्तामोड / आज प्रदेश १ सहित केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ ।देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।विभागले आगामी २४ घण्टाका लागि देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै
झापा / धनगढीमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको साढे ५ लाख बढी मूल्यको सामाग्री प्रहरीले बरामद गरेको छ । शनिबार धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले त्रिवेणीघाट इलाकाबाट उक्त सामान सहित अटोरिक्सा पनि बरामद गरेको हो । प्रहरीका अनुसार से १ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से १ स ३६५९ बाट कपडा र चप्पल बरामद गरिएका हुन् । बरामद भएका सबै सामाग्री आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ ।
काठमाडौं / काठमाडौंको कलङ्कीमा ढुंगा प्रहार गरि महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कलङ्कीमा फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि शनिबार बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको थियो । टाउकोमा ढुंगा प्रहार हुँदा घाइते भएकी उनलाई नेपाल नेशनल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / आगामी तीन दिन देशभरका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस कारण आगामी तीन दिन देशका धेरै नदीमा पानिको बहाव विभागले जनाएको छ । नारायणी र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्नसक्ने विभागको भनाइ छ । कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।
काठमाडौं / प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेकाले त्यसबाट बच्न केन्द्रीय अनुसन्धान ब्युरोले अनुरोध गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ ।पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टिबन्धक जग्गा फिर्ता नदिई उठिवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका न
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.