रुकुमपूर्व— रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका एउटै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका क्रममा ७ वर्षीया भाग्यरेखा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। त्यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ, ३ वर्षीय योजन विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार बेलुकी जङ्गलबाट ल्याइएको च्याउ खाएपछि उनीहरू अचानक बिरामी परेका थिए। च्याउ विषालु भएको आशंकामा स्वास्थ्यकर्मीहरूले समयमै उपचारको लागि पहल गरे पनि दुई बालबालिकाको ज्यान जोगाउन सकिएन।
काठमाडौं – काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५÷१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८÷१०÷१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२÷०४÷०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण
काठमाडौं— अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए। उक्त खण्डमा आज बिहानदेखि यातायात सञ्चालन ठप्प भएको छ । वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय
काठमाडौं— आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्ने भएका हुन् ।यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि लगाएका आरोपको जवाफ दिनेछन् ।प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।प्रधानमन्त्रीको विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
सुर्खेत— गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो ।इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले ब
काठमाडौं— नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन रोक लगाउने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिक रूपमा सक्रिय हुनु उपयुक्त नहुने निष्कर्ष निकालेको हो।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव राखेका थिए, जसलाई तीन नेताको असहमतिसहित बहुमतले पारित गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा फर्किएक
इटहरी— सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न पेसामा आबद्ध व्यक्तिको नक्कली आवाज बनाएर दुःख दिँदै आएका राजकुमार तिम्सिना सुनसरीको इटहरीबाट पक्राउ परेका छन्।सञ्चार उद्यमीदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मको झुठो आवाज प्रकरणमा जोडिएका तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, झुठो आवाज बनाएका तिम्सिनालाई सर्वोच्च अदालतले ६ महिनाको कैद सजाय तोकेको थियो। गत वर्ष असोजमा कैद सजाय तोकिएका उनी त्यसयता फरार अवस्थामा रहेका थिए।तिम्सिनाले सञ्चार उद्यमीदेखि न्यायाधीशसम्मका झुठो आवाज बनाएर ‘डार्क फाइल
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर आंशिक देखि साधरणतया बदली रहनुको सा
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्,‘ यस विधेयकको दफा १९ को १ मा श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा वा यसको संशोधन दफा ५ को संशोधनसँग सम्बन्धित छ । श्रमजीवि पत्रकारको पारिश्रमिक पाए नपाएको काउन्सिलले अनुगमन गरेपश्चात नपाएको अवस्थामा प्रस्ताव आवश्यक छ । श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.