समाचार

    Showing 5,611-5,620 of 25,583 items.
  • रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनाल

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 445 पटक पढिएको
  • मनहरीमा एमाले सशक्त बन्दै, समाजवादीका प्रभावशाली नेताहरू पार्टी प्रवेश

    हेटौंडा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्।एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्धिमाया तामाङलगायत नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा पुनः फर्किन पाउँदा आफ्नै घरमा फर्किएको

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 452 पटक पढिएको
  • ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने

    हेटौँडा— संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि अधुरै छ । २०१३ सालमा सुरु भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ ।७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म करिब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजना सुरु हुँदाको पुस्ता अवकाश उमेरमा पुग्दा पनि सडक निर्माण नसकिँदा राज्यको योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठेको छ।कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र सं

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 414 पटक पढिएको
  • बारामा एकै परिवारका आमा–छोराको विभत्स हत्या, दुई घाइते

    रौतहट— बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ ।बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार, अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी रहेका छन्।घाइते बाबु र छोरीको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 479 पटक पढिएको
  • बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७७ पैसा तोकिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बि

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 443 पटक पढिएको
  • आजको मौसमः देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना

    काठमाडौं— नेपालमा न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल विभिन्न भूभागमा वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ ।महाशाखाका अनुसार बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको छ । आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू–भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सु

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 266 पटक पढिएको
  • आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १४ गते बुधबार माघ शुक्ल पक्षको दशमी तिथि । मेष: आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।वृष: तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुन: स्वदेशको लगानीबाट फाइदा हुनेछ ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 543 पटक पढिएको
  • नेप्से परिसूचक ४२ अंकले घट्यो

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४२ दशमलव ५८ अंकले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो। जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो।आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।कारोबारमा सबै समूहको उपसूचक घटेको छ। बैंकिङ एक दशमलव ४९, विकास बैंक एक, वित्त दुई दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ९०, जलविद्युत् एक दशमलव ४१, लगानी एक दशमलव ७०, जीवन बीमा एक दशमलव ८५, र उत्पादन तथा प्रशोधन समूह एक

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 446 पटक पढिएको
  • बाग्लुङको डोय पहाड ‘ब्लु हिल’मा धार्मिक–पर्यटकीय पूर्वाधार निर्माण तीव्र

    काठमाडौं— बाग्लुङ नगरपालिकाको गौरवको आयोजना ‘ब्लु हिल’ परियोजना बागलुङ–९ स्थित डोय पहाडमा तीव्र गतिमा निर्माण भइरहेको छ । नगरपालिकाले आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्यसहित काम अघि बढाएको छ ।गत वर्षदेखि सुरु भएको ब्ल हिल परियोजना अन्तर्गत नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । डोय पहाडको आँखैअगाडि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको मनमोहक दृश्यले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रेरित गरेको हो ।बागलुङ–९ का वडाध्यक्ष राजु थापाका अनुसार, अहिले ब्लु हिलमा २० फिटको शिवमूर्ति स्थापना गर्न आवश्यक दु

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 504 पटक पढिएको
  • सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छः प्रचण्ड

    काठमाडौं— मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो ।उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए । अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ ।उनले भने,‘अहिले देशमा सिद्धान्त र

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 504 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.