हेटौंडा – चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन्।लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट÷ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम
काठमाडौं— थाईल्यान्डको सिसाकेत प्रान्तस्थित एक गाउँमा रहेको व्यस्त ग्यास स्टेशनमा कम्बोडियाबाट प्रहार गरिएको रकेट खस्दा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । थाई सेनाले बिहीबार वक्तव्य जारी गर्दै ग्यास स्टेसनलाई लक्षित गर्दै आक्रमण भएको जनाएको हो।थाई सेनाका प्रवक्ताका अनुसार रकेटले एक ग्यास स्टेशनलाई लक्षित गरी प्रहार गरिएको थियो । घटनास्थलको सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई सीएनएनले जियोलोकेट गरेको छ जसमा एक ७/११ स्टोर पूर्ण रूपमा क्षतिग्रस्त देखिन्छ ।भिडिओहरूमा स्टोरको ढोका उडेको, झ्यालहरू फुटेका र वरपर धुवाँमय वातावरण देखिएको छ । त्यहाँका केही मानिसहरू घाइतेलाई सहयोग गर्न द
काठमाडौं – सभामुख देवराज घिमिरेले कुनै पनि माग पुरा गराउन सडकमा उत्रनु पर्ने बाध्यकारी अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका छन्।बिहीबार सिंहदरबारमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएका बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्ने कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।उनले न्यूनतम सुनुवाइ पनि आन्दोलनपछि मात्र हुने प्रवृत्ति गलत भएको उल्लेख गर्दै भने, "यदि कुनै माग अव्यवहारिक, असान्दर्भिक वा अनुचित छ भने त्यसलाई तत्काल अस्वीकार गर्न सक्नुपर्छ। तर प्रयास गर्दा पनि सुनुवाइ नभए सडकमा जानु असंवैधानिक ठहर्दैन। तर यस्तो अवस्था आउन
काठमाडौं— हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ। रोयटर्सका अनुसार विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो। यो एएन-२४ विमानमा लगभग ५० यात्रु सवार थिए। यस क्षेत्रका गभर्नरले विमानको खोजी भइरहेको बताए।स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।अमुरका गभर्नर भासिली ओर्लोभले हराएको विमान अंगारा एयरलाइन्सको भएको बताए। यसमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका
काठमाडौं– ललितपुरको टिकाथलीमा एक युवतीको कोठाबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा डेरा गरी बस्दै आएकी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ चोरी भएको हो।प्रहरीका अनुसार कोठाबाट सुन तथा नगद सहित झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको छ।
नुवाकोट— नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ को कोलोनी क्षेत्रमा पानी ट्यांकीमा डुबेर एक बालकको ज्यान गएको छ। ४ वर्षीय दिक्षान्त तामाङ पानी ट्यांकीमा डुबेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनलाई उद्धारपछि तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा लगिएको जानकारी दिएका छन्।हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम— धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर मृत भेटिएका हुन्।बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका डीएसपी सिंहको भनाइ छ । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी क
काठमाडौं— नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’को गम्भीर आरोप लागेको छ। पोखरास्थित लिची बगैचाको सरकारी जग्गा हडप्न उनले बिचौलियाको भूमिकामा काम गरेको अडियो सार्वजनिक भएपछि उनी अख्तियारको अनुसन्धान दायरामा आएकी हुन्।बुधबार मात्रै श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) पुगेकी थिइन्। अख्तियार स्रोतका अनुसार उनले करिब दुई घण्टा बयान दिइन्।उक्त अडियोमा श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सुजन लामाबीच घूस लेनदेन, पूजा र ‘क्यास’को मागसम्बन्धी कुराकानी रहेको खुलेको छ। अडियोसँगै सार्वजनिक भएको म्यासेजमा श्रेष्ठले “प
बंगलादेश— बंगलादेशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। डिटेक्टिभ ब्रान्च (डीबी) को टोलीले स्थानीय समय अनुसार बिहान ८ बजे ढाकास्थित धानमन्डीमा रहेको उनको निवासबाट पक्राउ गरेको हो।खैरुलविरुद्ध तीनवटा मुद्दा दर्ता भएका डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामको भनाइ छ । तीमध्ये एउटा मुद्दा बंगलादेशको संविधानको १३औँ संशोधन खारेज गर्ने ऐतिहासिक निर्णयसँग सम्बन्धित छ। उनलाई न्यायिक निर्णयमा परिवर्तन, भ्रष्टाचार र प्रक्रियामा अनियमितता गरेको आरोप लागिएको छ।खैरुल हक सन् २०१० अक्टोबर १ देखि २०११ मे १७ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा कार्यरत थिए। सन्
सप्तरी— सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा दुई पुरुषको शव शंकास्पद अवस्थामा फेला परेका छन्। राजगढ–३ र राजगढ–५ मा दुई फरक स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको र घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाएको छ।त्यस्तै, राजगढ गाउँपालिका–३ मा २१ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका जितेन्द्र यादव रहेको पुष्टि भएको छ। यादवको शव उनको ससुराली घरमै झुन्डिएको अवस्थामा फेला परेक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.