समाचार

    Showing 5,581-5,590 of 19,479 items.
  • पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भैसक्यो : पूर्ण बस्नेत

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसकेको बताएका छन् ।सक्रिय राजनीतिमा फर्कने नदिने एमालेको केन्द्रीय कमिटिको निर्णयका विरुद्ध शुक्रबार पत्रकार सम्मेलनमार्फत भण्डारीले कानूनी उपचारमा जाने वा राजनीतिक लडाईको उद्घोष गर्ने आँकलन भइरहँदा बस्नेतले भण्डारीको पार्टी सदस्यता प्राप्तिको राजनीतिक र कानूनी लडाई अन्त्य भइसकेको दाबी गरेका हुन् ।बस्नेतले भने, ‘विद्या भण्डारीलाई पार्टीमा नल्याउने भनि एमालेको केन्द्रीय समितिको बैठकले राजनीतिक निर्णय गरिसकेको छ । अब भण

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 231 पटक पढिएको
  • कोशी प्रदेशमा गाँजाविरुद्ध कडा अभियान: एक वर्षमा २६ हजार ७ सय किलोभन्दा बढी गाँजा बरामद, १७ लाखभन्दा बढी बोट नष्ट

    विराटनगर— आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध गाँजाको ओसारपसार, कारोबार र खेती नियन्त्रणका लागि तीव्र अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। यस अवधिमा करिब १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको प्रहरीको दाबी छ।प्रदेशभरि सक्रिय प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कडा बनाएपछि बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाइएका गाडी, तरकारी बोक्ने सवारी, मोटरसाइकलजस्ता साधनमार्फत लुकाइछिपाइ गरिएको गाँजा बरामद गरिएको हो। कतिपय अवस्थामा गाँजा कोशी नदीमा बगाएर वा जमिनमुनि गाडेर ओसारपसार गरिएको पाइएको छ।गाँजा

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 425 पटक पढिएको
  • लगातार कामको चापले आफू थकित छु : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै  उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दा

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 345 पटक पढिएको
  • यी ६ निर्माण कम्पनी परे कालो सूचीमा

    काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 363 पटक पढिएको
  • रेशम चौधरीको चेतावनी : केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाइँदैन

    काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेको आरोपको जवाफ केन्द्रीय समिति बैठकमा आएर दिनुपर्ने बताएका छन्।भिडियो सन्देशमार्फत रेशम चौधरीले अध्यक्ष रञ्जितालाई "भाग्न नपाउने" भन्दै पार्टीको बैठकमा स्पष्ट रूपमा उपस्थित भएर आफ्नो पक्ष राख्न आग्रह गरेका छन्।रञ्जिता चौधरी कास्कीस्थित लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन्।रेशम चौधरीले भने, “अध्यक्षले बैठक वैधानिक होइन भनेर आफूलाई अलग राख्न खोज्नुहुन्छ भन्ने सुनेको छु। तर उहाँ अध्यक्ष हुनुहुन्छ भने सबै

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 659 पटक पढिएको
  • भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाइएको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 455 पटक पढिएको
  • आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्की पार्टी प्यालेसमा विशेष पत्रकार सम्मेलन

    काठमाण्डौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बानेश्वरस्थित कार्की बैंकिटमा आज शुक्रबार दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै छिन।सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ ।गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 490 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा  भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति कोसी प्रदेश लगायत देशका पहाड

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 365 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पै

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 257 पटक पढिएको
  • झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर । झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका– ६ का ३५ बर्षीय नन्द कुमार चौधरीको मृत्यु भएको हो भने गढी गाउँपालिका–३ का ३२ बर्षीय श्रवण चौधरीको उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका– ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक विधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिरा

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 241 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा