बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे- २ का २२ वर्षीय मिलन दर्जी रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आँउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।लागूऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / कञ्चनपुरमा मादकपदार्थ सेवन गरेर छतमा सुतेका एक युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका- ६ एैठपुरस्थित गोल्डेज विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।धामी सोही नगरपालिकाका वडा न -७ हल्दुखालका स्थानीय हुन् । धामीसँगै सुतेका अर्का युवकले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।अहिले उनी प्रहरीको नियन्त्रणमा छन् । उनीहरु लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।
अछाम / अछामको पञ्चदेवल विनायक नगरपालिका –४ का १६ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीनजना माथि मुद्दा नचल्ने भएको छ।पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाही माथि किटानी जाहेरी परेको थियो । तर, उनीहरूलाई मुद्दा चलाउन कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भएको हो ।प्रहरीले बुझाएको प्रतिवेदनमा उक्त घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौँ र रामबहादुर मंगलसेनमा भएको उल्लेख छ । उनीहरू घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्
बिर्तामोड / झापाको अर्जुनधारा- ४ दहिझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । हेर्दा किशोर अवस्थाको जस्तो देखिने हात्ती खोलाको किनारमा मृत फेला परेको हो ।हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन । हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका सुरक्षित छ । हात्तीको शरीरमा कुनै चोट देखिएको छैन । जिल्ला वन कार्यालय, प्रहरी र पशु प्राविधिकको टोली हात्ती मृत भेटिएको क्षेत्रतर्फ गएका छन् । केही दिन अगि पनि झापाको बुद्धशान्तिमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो ।
उदयपुर / उदयपुरमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका –५ शिवाईका २६ वर्षीय रोशन चौधरी रहेका छन् । हिजो (मंगलबार) बारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङले लागेर चौधरी घाइते भएका थिए । उनको उपचारको क्रममा कञ्चनपुरस्थित धर्मेश्वर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
काठमाडौं / युट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ६ बौद्ध तिनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका- ७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फोर रियल टि भी नामक युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ द
काठमाडौं / काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका- १६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा परियारको मृत्यु भएको हो ।दुर्घटनामा परी सख्त घाइते भएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड / प्रदेश प्रहरी कार्यालय १ नम्बर मोरङको अनुसन्धान समुह आर आइ टी बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान- १६ की ४६ वर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बू रहेको प्रहरीले जनाएको छ । प्रहरीले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकी लिम्बू लाई खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरेको हो । पक्राउ परेकी लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।
झापा / सशस्त्र प्रहरीले धनुषाबाट श्रोत नखुलेको रु ८३ लाखभन्दा बढी रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँका १९ वर्षीय राजेश मण्डल रहेको प्रहरीले जनाएको छ ।जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।पक्राउ परेका दुवैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।
बिर्तामोड / झापाको दमकबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएको करिब ३३ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।मंगलबार बिहान ११ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका –७ स्थित बसपार्क छेउबाट उक्त मूल्य बराबरको सामाग्री बरामद गरेको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको यात्रुबाहक बसबाट सामान बरामद गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीलिप कुमार गिरीले जानकारी दिए । गिरीका अनुसार बदाम छ क्यारेट, सखर ६० केजी, पापड १५ पोका, हरियो मटर ३० केजीका दरले ४ बोरा, ललिपप ४० पोका र रियल जुस २ कार्टुन बरामद गरिएक
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.