समाचार

    Showing 5,511-5,520 of 25,583 items.
  • मुम्बइमा एमसीएसँगको अभ्यास खेलमा नेपालको जित

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुम्बइको एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा जित निकालेको छ। मुम्बइमा भएको खेलमा नेपाली टोलीले एमसीए प्रेसिडेन्टमाथि ७ विकेटको जित निकालेको हो। एमसीएले दिएको १४३ रनको लक्ष्य नेपाली टोलीले १७.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। कुशल भुर्तेलले ३८ रन थपे। त्यसअघि ब्याटिङ गरेको एमसीए-११ ले ९ विकेटको क्षतिमा १४२ रनको योगफल तयार पारेको थियो। नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ। विश्वकप अघि नेपाली टोलीले संयुक्त अरब एमिरेन्ट्स (यूएई) र क्यानडा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 483 पटक पढिएको
  • सहिदहरुप्रति सम्मान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभित्र समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गरेका छन्।उनले आज एक विज्ञप्ति जारी गर्दै नेपालको परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी त्यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजप्रति सम्मान र आदर भाव व्यक्त गरेका छन्। उनले जहानियाँ निरङ्कुश राणाशासन ढाल्नका लागि चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधार स्तम्भ रहेको बताए।विज्ञप्तिमा भनिएको छ “विसं २००७ देखि आजसम्म भएका हरेक निरङ्कुशता विरोधी आन्दोलन यही प्रेरणाको जगमा भएका

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 442 पटक पढिएको
  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अगाढि बढाउन आग्रह

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना तत्काल निर्माण कार्यमा लैजान सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघद्वारा आयोजित १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अब ढिलाइ नगरी अघि बढाउनुपर्नेमा जोड दिए।अध्यक्ष ढकालले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) स्थापना भइसकेको उल्लेख गर्दै स्रोत अभाव भए निजी क्षेत्रमार्फत लगानी गर्न तयार र

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 471 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

    चितवन— नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ। 

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 525 पटक पढिएको
  • अछाममा बालेनको चुनावी अभियान टोलीका एक सदस्य बेहोस, हेलिकप्टरबाट काठमाडौं लगिँदै

    अछाम— अछाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बालेनसँगै अछाम आइपुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बिरामी परेका हुन्। उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। तर थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ। त्यसका लागि  सुर्खेतबाट नेपाली सेनाको हेलिक्प्टर उद्धारका लागि अछाम मगाइएको छ।उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो। थप उपचारका लागि काठमाडौं लान सुर्खेतबाट नेपा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 463 पटक पढिएको
  • आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् : उपसभापति अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 180 पटक पढिएको
  • सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदको

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 124 पटक पढिएको
  • पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने

    काठमाडौं— पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६–१६) पहिलो पटक ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ।नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न गरिनेछ ।नेपालको यज्ञीय इतिहासमा नै पहिलो पटक हुन लागेको यस विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 459 पटक पढिएको
  • सुन आज २० हजार ५०० रुपैयाँले घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो जुन इतिहासकै उच्च मूल्य हो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेको हो । आज चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 480 पटक पढिएको
  • नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ भर्ना खुला, अधिकृतदेखि सहायकस्तरसम्म माग

    काठमाडौं— सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्षपछि नयाँ भर्ना खुला गरेको छ । संस्थानले लोक सेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गर्दै शुक्रबार सुचना प्रकाशन गरेको हो।संस्थान प्रमुख तथा महाप्रवन्धक लालबहादुर ऐरीको पहलमा खुला गरिएको भर्नाले संस्थाको कार्यसम्पादन र प्रशासनिक संरचनालाई जीवन्त बनाउने विश्वास व्यक्त गरिएको छ। ऐरीका अनुसार लामो समयदेखि रोकिएको नियममित पदपूर्ति र बढुवा प्रक्रिया पनि यसैसँग खुला गरिएको हो ।संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको जानकारी दिएको छ । यसअनुसार, खुला प्रतियोगितात्मक परी

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.