समाचार

    Showing 5,411-5,420 of 25,583 items.
  • रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    मोरङ— मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ । मुकेश बेलुका धनपट्टीस्थित ससुराली पुगेका थिए ।ससुरालीमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुल

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 544 पटक पढिएको
  • विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो ।२०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा देशमा १२२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२।३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 404 पटक पढिएको
  • सिन्धुलीको दुधौली स्थित सामुदायिक वनमा पुरुषको शव फेला

    रामेछाप— सिन्धुलीको दुधौली नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। दुधौली नगरपालिका–४ अन्तर्गत पर्ने झोराखानी दमार सामुदायिक वनमा स्थानीयले एक पुरुषलाई घोप्टो अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सखुवाको रुख नजिक शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा जानकारी पुगेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।प्रहरीका अनुसार मृतक दुधौली नगरपालिका–३ मिलनचोक निवासी करिब ५८ वर्षीय सन्तबहादुर घिसिङ रहेको पहिचान गरिएको छ । शव रुख नजिकै घोप्टो अवस्थामा रहेको र सरीरमा बाह्य चोटपटक स्पष्ट नदेखिएको प्रारम

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 453 पटक पढिएको
  • झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्।उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गरी स्थानीय विकास, जनतालाई सशक्त बनाउने र समस्याहरूको समाधानका उपायहरूबारे छलफल गरेका छन्।कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा रहेका चुनौती, समस्या तथा सम्भावित सुधारका सुझावहरू व्यक्त गरेका छन् । रास्वपाका नेताहरूले त्यस्ता सुझावलाई पार्टीको नीति निर्माण र स्थान

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 460 पटक पढिएको
  • शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

    काठमाडौं— शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि लम्ब्याएको हो ।कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । यसअघि माघ २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नआएकाले अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निर्धारित समयअगावै पर्याप्त आवेदन प्राप्त भएमा फागुन ८ गतेभन्दा अघि नै आईपीओ निष्कासन बन्द गरिने पनि कम्पनीले स्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 482 पटक पढिएको
  • पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो, जसअनुसार यस वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा घटेको देखिन्छ ।पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 527 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।मंगलबार समितिको १६२ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 414 पटक पढिएको
  • मकवानपुरको चित्लाङमा चितुवा मृत फेला

    काठमाडौं— मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोलाको किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार हिजो (माघ १९ गते) साँझ करिब ५ः३० बजे उक्त स्थानमा चितुवा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक दिननाथ प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।घटनास्थलमा मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको रोहबरमा आवश्यक मुचुल्का कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ । मुचुल्का सकिएपछि राति करिब ८ः१० बजे मृत चितुवालाई गोदाम चौरमा लगेर व्यवस्थापन गरिएको छ ।प्र

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 396 पटक पढिएको
  • सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजेंः जन्मदेव जैसी

    काठमाडौं— लामो समयदेखि श्रमजीवी पत्रकारको हक–अधिकार, पेशागत सुरक्षा र श्रम शोषणविरुद्ध आवाज उठाउँदै आएका पत्रकार तथा श्रम अभियन्ता जन्मदेव जैसी प्रत्यक्ष राजनीतिमा होमिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले भक्तपुर क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट उम्मेदवारी दिएका छन् ।उम्मेदवारी दर्तापछि उनी यतिबेला मतदातामाझ घरदैलो अभियानमा व्यस्त छन् । पत्रकारिता र श्रम आन्दोलनबाट संसदीय राजनीतिमा प्रवेश गर्नुको कारणबारे विशेष कुराकानीमा जैसीले कानुन निर्माणको थलोमै पुगेर आवाज उठाउनु आवश्यक भएको बताए ।‘पत्रकारिता क्षेत्रमा रहँदा अनियमितता, अरा

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 448 पटक पढिएको
  • मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

    काठमाडौं— आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ।नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र पर

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 427 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.