रामेछाप— चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पु¥याइएको थियो । उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पाख्रिन शैक्षिक भ्रमणका लागि सौराहा पुगेकी थिइन् ।घटना इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक विवरण सङ्कलन गर्दै आवश्यक अनुसन्धा
काठमाडौं— आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
काठमाडौं— मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए । २०२२ फेब्रुअरीमा सुरु भएको रूस–यूक्रेन युद्ध अन्त्य गर्ने सम्भावित मार्गहरूमा वार्ता केन्द्रित थियो ।ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,‘पुटिनको जारेड कुश्नर र स्टिभ विट्कफसँग निकै राम्रो भेटवार्ता भ
सर्लाही— रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका – ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा – ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छ
काठमाडौं— चीनले हरित ऊर्जाको रुपान्तरणलाई गति दिएसँगै, नयाँ ऊर्जा भण्डारण प्रणालीको माग तीव्र रूपमा बढिरहेको छ ।पूर्वी चीनको झेजियाङ प्रान्तस्थित नराडा पावरको उत्पादन केन्द्रमा ठूलो–ठूलो चाँदी–सेतो रङका क्याबिनेटका पङ्क्तिहरू व्यस्त उत्पादनको संकेत दिन्छन् । यी विशाल “पावर बैंक” हरुले हावा र घामबाट उत्पादित विद्युत् भण्डारण गर्छन् र माग उच्च हुने समयमा आपूर्ति गर्न प्रयोग गरिन्छ ।केन्द्रका महाप्रबन्धकका अनुसार, यस वर्ष उत्पादन गतिविधि झनै तीव्र भएको छ । उत्पादन लाइनबाट निस्कँदै गरेका युनिटहरू प्रायः तुरुन्तै बजारतर्फ पठाइन्छन् । तन जियानगुओ, महाप्रबन्धक, लिन’आन उत्पादन केन्द्र, नराडा पावरका अन
सर्लाही— सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।मलंगवा नगर संरक्षण तथा सुधार समितिले बुधबार बिहान प्रादेशिक अस्पताल नजिकैको बालमन्दिर चौकमा टायर बालेर बिरोध प्रदर्शन गरेको हो । प्रदर्शन बालमन्दिर चौकबाट टायर बाल्दै सुरु भएको थियो ।त्यसपछि प्रदर्शनकारीहरूको समूहले अस्पतालको प्रशासनिक भवन अगाडि पुगेर नाराबाजी गर्दै विवादित मनोनयन तत्काल खारेज गर्न माग गरेको
गोदावरी (कैलाली)। बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ ।पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई रु ३५ लाख भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ । पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो । यसैगरी, जिल्ला
चितवन। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्याल
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.