समाचार

    Showing 5,331-5,340 of 19,479 items.
  • प्रधानमन्त्रीको टिप्पणीप्रति राप्रपाको आपत्ति – सभामुखले सरकार पक्षमै नसोच्न आग्रह

    काठमाडौं  –  राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राप्रपा र रास्वपालाई संविधान र व्यवस्था विरोधी भन्दै सदनमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले समाधान चाहेका छौँ। स्वार्थ बाझिने समितिले कस्तो छानबिन गर्छ, हामीले त्यसैले संसदीय समिति वा न्यायिक समितिको कुरा उठाइरहेका छौँ। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी सदन चलाउन सहयोग गर्न तयार छौँ।’उनले समस्या समाधान गर्नको लागि सभामुखलाई आँट गर्न आग्रह गरे।उनले थपे, ‘सभामुखले पनि स

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 353 पटक पढिएको
  • दुई झाँक्रीको हत्यामा दोषी ठहर भएका २६ जनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

    काठमाडौँ –  दुई झाँक्रीको हत्यामा दोषी ठहर भएका २६ जनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा २६ जनाले दिएको पुनरावेदनमाथि सुनुवाइ सुरु भएको छ ।धादिङको गङ्गा जमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई जेल सजाय सुनाएको थियो । जिल्लाको फैसला उच्चले सदर गरिदिएपछि २६ जना सर्वोच्च पुगेका हुन् । त्यस्तै मोहन तामाङ समेतको जाहेरीले उच्च सरकारी वकिल कार्यालयले २६ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान मुद्दामा हदैसम्मको सजाय माग दाबी गर्दै २०७८ साउन २

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 489 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक सुरू

    काठमाडौं –  प्रतिनिधिसभाको बैठक सुरू भएको छ।  बैठकमा संघीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ। त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेय

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 375 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा गर्यो संगठन विस्तार

    काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार झमबहादुर गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो (आइतबार) हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्र

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 529 पटक पढिएको
  • काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु

    काठमाडौं  – काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।​ गएराति गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित खोलामा डुबेर काठमाडौं कपन बस्ने चितवन घर भएकी ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 312 पटक पढिएको
  • बागमती नगरपालिकाका मेयर थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा आज सुनुवाइ

    काठमाडौं – बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो । मेयर थापाविरुद्धको मुद्दा गत असार १२ गतेदेखि ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ मा ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थापाको बिगो कायम गरिएको रकम बराबरको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 516 पटक पढिएको
  • अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको छ : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरि विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरे । घिसिङले भने, ‘नयाँ व्यवस्थापन आएपछि विगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्त्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो,

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 363 पटक पढिएको
  • पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

    पर्सा–  पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।​ वीरगन्ज महानगरपालिका- १६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी इनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 406 पटक पढिएको
  • ३५ वर्षपछि घर फर्किए जुठे, मृत घोषित श्रीमान् को जीवित आगमनले उजेली परिवारमा खुसीको भेल

    गोरखा  – गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।उजेलीलाई साथीको फोनले पत्याउनु कि नपत्याउनु दोधार पार्‍यो । उनले जेठो छोरोलाई सो खबर जस्ताको तस्तै सुनाइन् । ‘जेठोले पत्याउँदै पत्याएन । बाबालाई बजारसम्म लिन जाम न हिँड भनेँ । बजारसम्म त आयो तर नपत्याएर घर फक्र्यो’, उजेलीले हालैको घटना सुनाउँदै भनिन्, ‘मचाहिँ पर्खेर बसेँ । साँझ ७ बजेतिर खैरेनीबाट ट्याक्सीमा आउनुभा’को रछ । ट्याक्सीबाट झर्नुभयो । उहाँले त मलाई एकछिन टोलाएर हेरेपछि चिन्नु भएछ । तिम्रो बुढो मै हो भनेर ठिंग उभिनुभो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 668 पटक पढिएको
  • सुनसरीमा वर्षा पछि किसानमा खुसी, धान रोपाइँमा तीव्रता

    सुनसरी –  लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताए । पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताए ।पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 448 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा