काठमाडौं— पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् ।कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिमले ९१४ दिनदेखि इमरान खानलाई एकान्त कारावासमा राखिएको र स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको दाबी गरेका छन् । उनले आफूहरू बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा प्रक्रिया नै अघि नबढाएको आरोप लगा
काठमाडौं— निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकिएको हुँदा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचार संहिता, २०८२ लागू गरिसकिएको छ ।गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाच
काठमाडौं— निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ ।आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन् ।पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ । यो सिनेमामार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् । यसअघि उनले दर्शकमाझ चर्चित फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो।भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिए ।स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।
जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको धमाधम तयारी भइरहेको छ । साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा ६५४ जना कर्मचारी चुनावमा परिचालन गरिने जनाएको छ ।सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् । जिल्लामा ७१ हजार ७३९ जना मतदाता छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।यसैबीच, निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।यसैगरी, अस्थायी मतदाताका लाग
काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन् ।बर्दघाट वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने गरेको उल्लेख गर्दै अहिले त्यो अवस्थाको अन्त्य भएको दाबी गरे।चौधरीले कांग्रेस अहिले स्पष्ट विकास र समुन्नतिको एजेण्डा बोकेर अघि बढिरहेको उल्लेख गर्दै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना नै वर्तमान कांग्रेसको प्राथमिकता रहेको बताए।उनले आफू निर्वाचनका लागि क्षेत्रमा नयाँ
बागमती। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ । मतदाताका घरघरमा जिल्लादेखि केन्द्रसम्मका विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारहरूको बाक्लो आगमनले हेटौँडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, कैलाश गाउँपालिकाका वडाहरुमा चहलपहल बढेको हो । मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी रणनीति बनाउन पार्टीका आन्तरिक बैठक र भेला पनि जारी छन् । नेपाली कांग्रेस मकवानपुर सचिव भीमसेन महतका अनुसार जिल्लाका सबै वडामा पार्टी प्रतिनिधि परिचालन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्
काठमाडौं— दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहलका विषयमा सरोकारवालाबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर २ का उम्मेद्वार बखत बहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको हालको प्रगति अवस्था बुझ्न जीएमआर कम्पनीका आयोजना प्रमुख के.के. शर्मासँग भेटघाट गरेका हुन् ।भेटका क्रममा आयोजनाको हालसम्मको प्रगति विवरण, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको शाहीले बताए ।शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना, भैरवी सिरिस्थान ग्यास पेट्रोल आ
महोत्तरी। प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् ।दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ ।“कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी हुँदा सीतामढी पुग्नुपर्ने बाध्यता छ”, सम्सी गाउँपालिका–६ का ३५ वर्षीय इम्तियाज अहमद दुखेसो गर्नुहुन्छ ।जिल्लाको दक्षिणपश्चिममा पर्ने सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाका अधिकांश बस्तीहरूमा स्वास्थ्यचौकी र
काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बिहीबार समितिको १६५ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.