समाचार

    Showing 5,271-5,280 of 25,583 items.
  • हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

    दोधारा चाँदनी। कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको छ । गए राति  जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते हुनुभएको छ ।घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनग

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 193 पटक पढिएको
  • मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

    मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 172 पटक पढिएको
  • प्राधिकरणले कर्मचारीलाई भन्योः सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर

    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोष्ट र प्रतिक्रिया एवम् कार्यालयका पत्रहरु समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 180 पटक पढिएको
  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    काठमाडौँ। सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ ।निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न÷नगराउन अनुरोध गरेको हो ।निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न÷नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 243 पटक पढिएको
  • मकवानपुर क्षेत्र नं. १ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा

    हेटौंडा—  निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो।२०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भए । त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहे ।२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 232 पटक पढिएको
  • गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

    नुवाकोट—  गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् ।निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो ।सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।निरीक्षणका क्रममा मुख्य निर्वाचन अध

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 194 पटक पढिएको
  • बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

    बाजुरा— बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्।शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाईते भएका थिए ।उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 210 पटक पढिएको
  • आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

    काठमाडौं— आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ ।विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।आजकै सबैभन्दा चर्चित खेल भने आयोजक भारत र

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 262 पटक पढिएको
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौं— वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् ।शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन् ।

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 220 पटक पढिएको
  • अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

    काठमाडौं— अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले शुक्रबार दुवै जिल्लाको भ्रमण गरेका हुन् ।भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए ।रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा म

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 274 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.