रूपन्देही / रूपन्देहीको ओमसतिया गाउँपालिकामा आइतबार राति एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका –१ बेलहियाका २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार ३ जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया –४ बसन्तपुरमा राति १२ बजे एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । अहिले गुरुङको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । युवकमाथि गोली प्रहार गर्नु आ
काठमाडौं / दुबई पठाइदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका- ७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् । दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिसामा दुबई जानको लागि साढे ७ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने प्रलोभन उनले देखाएका थिए । पीडितलाई मासिक एक लाख रुपैयाँसम्म तलब हुने विश्वास दिलाइ उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले क
एजेन्सी / इजरायलको जेरुसलममा एक अज्ञात ब्यक्तिको गोली प्रहारबाट ८ जना घाइते भएका छन् । जेरुसलमको पश्चिमी क्षेत्रको जुदासिनममा तीर्थ यात्रुहरू चढेको बसमा प्रवेश गरेका ब्यक्तिले बसमा सवार यात्रुहरूमाथि अन्धाधुन्द गोली प्रहार गर्दा यात्रुहरू घाइते भएका हुन् । घाइते हुनेमा एक गर्भवती महिला सहित अर्का एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।गोली प्रहार लगत्तै भाग्न खोजेका बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने व्यक्ति पेलेस्टेनी रहेको अनुसन्धानबाट खुलेको छ । यसैबीच इजरायली प्रधानमन्त्री यअर ल्यापिडले घटनाप्रति दुख व्यक्त गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउने प्
काठमाडौं / देशभरमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा
दिपेन विश्वकर्माबिर्तामोड / अधिकार सम्पन्न स्थानीय तह भएसँगै यतिबेला भौतिक पूर्वाधार निर्माण गर्ने एक प्रकारको होडबाजी नै चलेको छ । स्थानीय तहले जनताको पहिलो माग भौतिक पूर्वाधार भएको भन्दै त्यसमा बढी नै श्रोत खर्च गर्ने गरेका छन् ।तर, कुनै दीर्घकालिक योजनाबिना गरिने काम प्रयोगमा नआउने मात्र होइन, त्यसले नकारात्मक प्रभाव पार्ने अवस्था श्रृजना हुन्छ । यस्तैमा झापाको बुद्धशान्ति गाउपालिका–४ मा पर्यटकीय बजार निर्माण गर्ने भनेर गरिएको लगानी ‘बालुवामा पानी’ हालेजस्तो भएको छ । २ बर्ष अघि लगभग ५ लाखको लगानीमा त्यो स्थानमा पर्यटकीय बजार बनाउने भन्दै तीनवटा शौचालय र माटो समथर बनाइयोे । सडक कि
झापा / बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन् ।उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोत र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावल
बिर्तामोड / झापाको बिर्तामोडबाट ब्राउन सुगरसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका –४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा –५ घर भई हाल बिर्तामोड –३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ः३० बजे बिर्तामोड –४ स्थित पुरानो बिजुली अफिस छेउको बाटो हुँदै बिर्ता बजारबाट बुट्टाबारी तर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक चौधरीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । प्रह
झापा / उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो । झापाको मेचीनगर –७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाध रुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ । जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँद
झापा / कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका -१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछाने रहेका छन् । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भीरबाट लडेर एकजना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछा
झापा / वीरगञ्ज महानगरपालिका -२३ इटियाहीमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय दिनेशप्रसाद यादव रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिएका छन् । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव प
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.