समाचार

    Showing 4,741-4,750 of 23,459 items.
  • चीनमा एआई खेलौनाहरूको लोकप्रियता

    एजेन्सी— चीनमा एआई खेलौनाहरूले उपभोक्ताको मन जित्न थालेको छ । ति खेलौनाहरुले सबै उमेर समूहको मन जित्न थालेको हो ।आकारमा सानो, तर कम्प्युटिङ पावरमा ठूलो, एआई प्रविधि भएका स्मार्ट खेलौनाहरूले चीनका सबै उमेरका ग्राहकहरूको मन जितिरहेको हो ।दक्षिणी चिनियाँ शहर शान्टाउमा, एआई खेलौनाहरूको लोकप्रियता पनि बढ्दै गएको छ ।एक स्थानीय खेलौना निर्माताका अनुसार अक्टोबरदेखि १०,००० भन्दा बढी एआई खेलौनाहरू बेचेका छन्, नयाँ अर्डरहरू अर्को वर्षको मार्चसम्ममा हुने तालिका छ।खेलौना कम्पनीका महाप्रबन्धक शेन रनन भन्छन्,‘ एआई ठूला मोडेलहरूको लागि धन्यवाद, हामी उत्पादन विकासबाट बजार प्रवेशमा छिटो अघि बढिरहेका छौं। यस वर्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 442 पटक पढिएको
  • नागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं—  नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै आन्दोलन तीव्र पारेको छ। समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेको हो।प्रदर्शनकारीहरूले ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा नागरिकता नियमावली नहुँदा हजारौं नागरिक अधिकारबाट वञ्चित भइरहेका छन्।समितिले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्न ढिलाइ भइरहेको भन्दै सरकारको आलोचना गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी र

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 454 पटक पढिएको
  • शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ चित्रकला कार्यशाला

    काठमाडौं— नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कुश्मा कला परियोजनाको आयोजनामा आइतबार कुश्मा, पर्वतस्थित शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ एक दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ ।कार्यशालामा बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जालगायतका जिल्लाका अग्रज, नवपुस्ताका कलाकार तथा विद्यार्थी कलाकार गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राधिका कँडेल, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीम शर्मा, कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीलगायतको सहभागिता रह

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 399 पटक पढिएको
  • भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा

    खाँदबारी। सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ ।टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि हो ।टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 234 पटक पढिएको
  • ‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताए ।उनले भने, ‘उहाँहरुले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौं । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौं ।’आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको व

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 432 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 465 पटक पढिएको
  • मनमोहक तनहुँको दुबुङ गाउँ

    डुम्रे। विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ । ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँबाट सदरमुकाम दुबुङडाँडा अर्थात दुबुङकोटबाट नजिकै देखिन्छ । तर, त्यहाँ पुग्न हामीलाई धेरै सास्ती खेप्नुपर्ने हुन्थ्यो । अहिले सहज बन्दै गएको छ । विकासोन्मुख अवस्थामा पु

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 226 पटक पढिएको
  • राप्ती नदीको सिधनियाघाटमा दुईलेनको निर्माणाधीन पक्की पुल तीव्र गतिमा अघि बढ्दै

    बाँके— बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा दुई लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो पुल जीर्ण र साँघुरो भएपछि यात्रु तथा सवारी साधनलाई समस्या हुँदै आएपछि नयाँ पुल निर्माण सुरु गरिएको हो।करिब एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस पुलको लम्बाइ करिब ७०० मिटर रहेको छ। पुल निर्माणपछि बाँके जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 453 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

    काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ ।बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले नेपाल ध

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 458 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक

    काठमाडौं—  प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 443 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.