एजेन्शी  ।  हाइपरसोनिक हतियारको दाबीले हल्लियो पेन्टागन इरान अब झन् शक्तिशाली भएको छ।

चिनले इरानलाई अमेरिकी विमानवाहक पोत लक्षित गर्न सक्ने उन्नत हाइपर्सोनिक एन्टी–शिप मिसाइल उपलब्ध गराएको दाबी गरिएको छ।

स्रोतहरूका अनुसार उक्त प्रविधिले फारस खाडी क्षेत्रमा तैनाथ अमेरिका र इजरायल गठबन्धनको सैन्य उपस्थितिमा नयाँ चुनौती थप्न सक्ने आकलन गरिएको छ।

यद्यपि यस दाबीबारे सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि भने भएको छैन।