समाचार

    Showing 4,541-4,550 of 19,402 items.
  • संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो: वर्षमान पुन

    काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारमाथि संसदलाई छल्दै कर संरचनामा हेरफेर गरेको गम्भीर आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै सञ्चारमाध्यममा आएका समाचारहरूलाई उद्धृत गर्दै सरकारको कदमप्रति आपत्ति जनाए ।उनले सुन र सुनका गहना तथा विलासिता सामग्रीमा लाग्ने शुल्कमा सरकारले हेरफेर गरेको छ भने सलाईको काँटीमा भन्सार महसुल घटाइएको समाचार सार्वजनिक भएको बताए ।‘सरकारले संसदलाई छलेर केही करका दरहरू हेरफेर गरेको समाचार हिजोआज सञ्चारमाध्यममा आएका छन् । संसद चलिरहेको अवस्थामा, आर्थिक विधेयक पारित भएको एक महिनामै यस्तो परिवर्तन हुनु गम्भीर विषय हो,’ पुनले भने

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 551 पटक पढिएको
  • मन्त्री यादव भन्छन खानेपानीका सवालमा अझै गम्भीर चुनौतीहरू छन्

    नगरकोट— खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।शुक्रबार नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।‘खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रत

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 488 पटक पढिएको
  • लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’उनले प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवैको

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 507 पटक पढिएको
  • सञ्चार विधेयकको विरोधमा पत्रकार र प्रहरीबीच घम्साघम्सी

    विराटनगर— कोसी प्रदेश सरकारले प्रस्तुत गरेको सञ्चार विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका पत्रकार र प्रहरीबीच शुक्रबार घम्साघम्सी भएको छ।सञ्चार विधेयकको विरोधस्वरूप संसद् भवनबाहिर निषेधित क्षेत्रमा नेपाल पत्रकार महासंघ कोसी प्रदेशसहितका पत्रकारहरूले प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले धर्ना हटाउन खोज्दा पत्रकारसँग झडप भएको हो।संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए भने महासंघका प्रतिनिधिहरू परिसरबाहिर विरोधमा उत्रिएका थिए। प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।विवादित सञ्चार विधेयक शुक्रबार न्याय प्रशासन तथा विधायन समि

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 569 पटक पढिएको
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपाका सल्लाहकार पक्राउ

    बुटवल— रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समिति सल्लाहकार हरिप्रसाद कँडेल पक्राउ परेका छन्।चितवनको कालिका नगरपालिका–५, पदमपुर निवासी कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श संस्था सञ्चालन गर्दै आएका थिए।यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादव नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका थिए। यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 510 पटक पढिएको
  • ६ लाख २२ हजार बराबरको सुनचाँदीका गरगहना र नगद रकम चोरी

    कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–१, चैनपुरमा बिहीबार दिउँसो एक घरमा भएको चोरीको घटनामा करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद रकम हराएको छ।स्थानीय बासुदेव शर्माको घरमा घटेको उक्त चोरीप्रति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ। प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति हाल फरार छन् र उनीहरूको खोजी कार्य जारी छ।प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बताउँदै, घटनाका सम्बन्धमा विस्तृत जानकारी संकलन भइरहेको जनाएको छ। प्रहरीले स्थानीयवासीलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 490 पटक पढिएको
  • एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे । एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि एकताका लागि अनौपचारिक संवाद अघि बढाएको छ । विभिन्न चरणमा दुवै पार्टी अध्यक्षबीच अनौपचारिक संवाद पनि भइसकेका छन् । दुवै दलले प

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 529 पटक पढिएको
  • शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक

    काठमाडौं— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमती अनुरुप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ । शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक सकारात्मक रहे पनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन नसकेको बताए । उनले भने, ‘केही अन्य विषयमा विधेयक सकारात्मक रहेपनि शिक्षक कर्मचारीका  सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन सकेका छैनन् । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 540 पटक पढिएको
  • सांसद डाँगी भन्छिन संसद बहिष्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन् ।उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु । संसद बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन, यो लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 473 पटक पढिएको
  • मन्थलीको पाखाबारीमा लरी दुर्घटना हुँदा चालक घाइते

    रामेछाप— सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ । दुर्घटनामा  लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घट

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 479 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा