समाचार

    Showing 4,521-4,530 of 25,544 items.
  • प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु

    कैलाली— कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो ।बझाङको तलकोट गाउँपालिका– १ घर भएका मृतक चदाराको सोमबार राती छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 404 पटक पढिएको
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु

    हेटौँडा— बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गरिएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।सोमबार नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिका स्तरमा बनेका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै उक्त अभाव पूर्ति गर्न एमबिबिएस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।उनले नागरिकलाई व्

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 449 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    चितवन। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उहाँका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो । क्षेत्र

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 310 पटक पढिएको
  • पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

    वीरगञ्ज। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ ।मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताउनुभयो । नेपाली कांग्रेसलाई आठ हजार २६७ मत खसेको छ । त्यस्तै नेकपा (एमाले) लाई नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार २४०, जनता समाजवादी पार्टीलाई एक हजार ९९, नेपाली कम्युनिष्ट पार्टीलाई ६८१ मत खसेको छ ।पर्सा २ बाट समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमध्ये सबैभ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 212 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 251 पटक पढिएको
  • रसुवामा नौ जनाको धरौटी जफत

    रसुवा। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहनुभएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी ( विप्लब) का होमप्रसाद आचार्य रहनुभएको छ ।यसैगरी, स्वतन्त्र उम्मेदवारमा क्रमशः त्रय चित्र

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 266 पटक पढिएको
  • समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गरेको छ ।यस्तै, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले)ले १३ लाख ७९ हजार ७५८, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४५ हजार ८१९, श्रम संस्कृति पार्टीले तीन लाख ४५ हजार ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २१ हजार २७७ मत प्राप्त गरेको छ ।यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६३ हजार ६४६ र

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 276 पटक पढिएको
  • नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    म्याग्दी। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुग्नुभएको छ । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गर्नुभएका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गर्नुभएको हो ।“एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उहाँले भन्नुभयो, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।” पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महाव

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 251 पटक पढिएको
  • निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु

    काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।  अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ । 

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 191 पटक पढिएको
  • काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा पहिलो

    काभ्रेपलाञ्चोक। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ ।काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो । मतपरिणमअनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।क्षेत्र नं १ मा रास्वपाले ३२ हजार ६२९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेस १४ हजार ५५१, राष्ट्रिय परिवर्तन पार्टी १३ हजार ६९९

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 241 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.