समाचार

    Showing 381-390 of 26,780 items.
  • नेपालमा पूर्वसूचना, भारतमा तयारी!

    काठमाडौं / नेपालमा बाढीको जोखिमबारे पूर्वसूचना प्रणालीबाट चेतावनी जारी भइरहेकै बेला रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले ठूलो विनाश गर्‍यो। तर बाढीको बहाव दक्षिणतर्फ बढेर भारतसम्म पुग्ने सम्भावना देखिएपछि भने भारतीय प्रशासनले तत्काल उच्च सतर्कता अपनाउँदै तयारी तीव्र पारेको छ। नेपालको जल तथा मौसम विज्ञान विभागले बाढीको जोखिमबारे नियमित सूचना र चेतावनी जारी गर्दै आएको छ। विभागकै प्रणालीमा बाढी अनुगमन तथा पूर्वसूचना संयन्त्र सञ्चालनमा रहेको छ।तर प्रश्न यहीँबाट सुरु हुन्छ— पूर्वसूचना थियो भने नेपालमा त्यसअनुसार पूर्वतयारी कति भयो ? बाढी आएपछि नेपाली नागरिक उद्धारका लागि हात उठाइरहेका छन्। स

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 222 पटक पढिएको
  • (रसुवा बाढी) रवि किन रोकिए!, बालेनमाथि दबाब बढाउने दाउ ?

    काठमाडौं /  रसुवाको भोटेकोशीले बस्ती, सडक र पूर्वाधार बगाइरहेका बेला उद्धार र राहतको जिम्मेवारी सरकारको काँधमा छ।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सेना, प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर उद्धार तीव्र बनाइरहेको छ। तर यही बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भूमिकाले राजनीतिक वृत्तमा नयाँ प्रश्न जन्माएको छ। रविले प्रभावित क्षेत्रमा आफैं जानेभन्दा पार्टीका नेता–कार्यकर्तालाई उद्धार तथा राहतमा परिचालन गर्न आग्रह गरेका छन्।यही निर्णयलाई लिएर प्रश्न उठेको छ—विपद्को यस्तो घडीमा रवि आफैं प्रभावित क्षेत्रमा किन गएनन् ?के सरकारलाई काम गर्न सहज होस् भनेर दूरी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 292 पटक पढिएको
  • सूचना थियो, तयारी भएन—सुरक्षा अंगकै ७९ बेपत्ता

    काठमाडौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि राज्यको विपद् तयारीमाथि गम्भीर प्रश्न उठेको छ।  बाढीको जोखिमबारे पूर्वसूचना र तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताको आग्रह भइरहेकै बेला उद्धार तथा सुरक्षामा खटिने सुरक्षाकर्मी नै ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। सरकारका अनुसार टिमुरे र मैलुङ क्षेत्रमा खटिएका ४४ नेपाली सेना, २६ नेपाल प्रहरी र ९ सशस्त्र प्रहरी गरी ७९ सुरक्षाकर्मी सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट ९ जनाको शवसमेत फेला परेको छ।तर प्रश्न यहाँबाट सुरु हुन्छ—पूर्वसूचना थियो भने जोखिम क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित राख्ने पूर्वतयारी कहाँ थियो ? बाढी आउनुअघि नै जल

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 270 पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : रसुवादेखि चितवनसम्म ताण्डव मच्चाउँदा कहाँ के-के ग-यो क्षति?

    काठमाडौं । रसुवाको नेपाल–चीन सीमा क्षेत्रबाट बुधबार बिहान अचानक प्रवेश गरेको भीषण बाढीले भोटेकोशी र त्यसपछि त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ। बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी, हाकुबेंसी, मैलुङ, शान्तिबजार, बेत्रावतीलगायतका क्षेत्र प्रभावित भएका छन् भने यसको प्रभाव नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेको छ। क्षतिको पूर्ण विवरण संकलन भइरहेकाले तथ्यांक अझै परिवर्तन हुन सक्ने भए पनि बुधबार दिउँसोसम्म प्राप्त विवरणले विपद्को भयावह तस्वीर देखाएको छ।बाढी कहाँबाट आयो?बाढी चीनको तिब्बततर्फबाट भोटेकोशी नदी प्रणालीमा अचानक प्रवेश गरेको देखिएको छ। बुधबार बिह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 534 पटक पढिएको
  • रसुवा बाढी अपडेट: ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराएका छन् ।प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट बोल्दै मन्त्री खनालले मनसुन कमाण्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा तथा राहत परिचालनका विषयमा समन्वय भइरहेको बताए । उनका अनुसार रसुवाको टिमुरेलगायतका प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरीतर्फका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् । त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 245 पटक पढिएको
  • बालेनलाई धम्की दिने झापाली पक्राउ

    काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनी निर्वाचित भएको झापा जिल्लाका २३ वर्षीय युवक पक्राउ परेका छन्। झापाको भद्रपुर घर भई कीर्तिपुरमा बस्दै आएका पुष्कर दाहाललाई सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई लक्षित गर्दै धम्कीपूर्ण स्टाटस लेखेको आरोपमा साइबर ब्युरोले पक्राउ गरेको हो। दाहालले फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै प्रधानमन्त्री शाहलाई लक्षित गरी ‘मार्दिन्छु’ भन्ने आशयको स्टाटस लेखेका थिए। उनले उक्त स्टाटसमा नेपाल प्रहरीलाई समेत मेन्सन गरेका थिए।प्रहरीका अनुसार दाहालमाथि विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटनाले सामाजिक

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 137 पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट: २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी आकस्मिक बाढी अवस्था अद्यावधिक–२’ अनुसार प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान तथा पुष्टि गर्ने काम भइरहेको छ । पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन् । बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सम्बन्धित निकायले ट्राभल एजेन्सी, पथप्रदर्शक, स्थानीय प्रशासन तथा सुरक

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 205 पटक पढिएको
  • त्रिशूलीमा बाढी: एक हजारभन्दा बढी बेपत्ता

    काठमाडौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै नुवाकोटको त्रिशूली बजारमा पसेपछि एक हजारभन्दा बढी मानिस सम्पर्कविहीन भएका छन्। बाढीले करिब २ सय घर बगाएको प्रारम्भिक विवरण आए पनि मृतक र घाइतेको यकिन संख्या भने अझै संकलन हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार बाढीबाट भएको मानवीय क्षतिको प्रारम्भिक अनुमान आए पनि प्रभावित क्षेत्रमा सम्पर्क तथा आवागमन अवरुद्ध भएकाले वास्तविक विवरण पत्ता लगाउन कठिन भइरहेको छ।बाढीले घरबस्ती बगाएपछि ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन्। सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भए पनि प्रभावित क्षेत्रको पूर्ण अवस्था अझै

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 287 पटक पढिएको
  • भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

    काठमाडौं / प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिएका छन् ।बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए । विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन हुनुपर्ने बताए ।उनले सभामुख अर्यालले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समन्वय गर्न निजी क्षेत्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 148 पटक पढिएको
  • भोटेकोशीमा आएको बाढी अपडेट: नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं / रसुवा भोटेकोशीमा आएको बाढी नारायणी नदीको देवघाट पुगेको छ। बाढी बढ्दो क्रममा रहेकाले नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज भदौ १० गते दिउँसो ३ः२० बजे सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट पुगेको जनाएको हो।महाशाखाका अनुसार बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले नारायणी नदीको आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाले नदी छेउछाउका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 168 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.