काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथ
देशबन्धु विश्वमित्र \ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अमेरिकाको आप्रवासन नीति केवल सीमा नियन्त्रणमा सीमित रहेन; भिसा प्रणालीसमेत आप्रवासन नियन्त्रणको महत्वपूर्ण औजारका रूपमा प्रयोग हुन थालेको छ। व्यापार तथा पर्यटक भिसा (बी१/बी२) लिएर अमेरिका प्रवेश गरेपछि शरणका लागि आवेदन दिने ठूलो संख्याका व्यक्तिको भिसा रद्द गर्ने प्रस्तावले यही कठोरताको नयाँ संकेत दिएको छ। कम्तीमा दुई लाख आप्रवासी प्रभावित हुन सक्ने भनिएको यो प्रस्ताव कार्यान्वयन भएमा अमेरिकी भिसा नीतिको इतिहासमै ठूलो सामूहिक कारबाहीमध्ये एक बन्न सक्छ।यसको प्रभाव दक्षिण एसियामा विशेष चासोको विषय हो। भारतबाट ठूलो
देवेन्द्र के ढुङगाना \ रसुवामा भोटेकोशी नदीको त्रासदीपूर्ण उर्लिएको बहावले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र मानवीय जीवनमा पुर्याएको क्षति एउटा जिल्लाको विपत्तिमा सीमित छैन। यसले समग्र हिमालयको बदलिँदो भूगोल, जलवायु संकट र मानवीय विकासको दिशामाथि गम्भीर प्रश्न उठाएको छ। नदी उही हो, पहाड उही हुन्, उपत्यका उही छन्; तर तिनको प्राकृतिक सन्तुलन भने तीव्र गतिमा फेरिँदै गएको छ। यही परिवर्तनले परिचित हिमाली भू-दृश्यलाई विनाशको भयावह रंग दिएको छ।ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी भोटेकोशीमा मिसिएपछि यसको प्रभाव केही क्षणमै व्यापक बन्यो। बाढीले बस्ती र पूर्वाधारलाई क्षति पुर्याउनुका साथै रसुवाग
काठमाडौं / रसुवाको भोटेकोशीदेखि त्रिशूली करिडोरसम्म आएको विनाशकारी बाढीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक अझै सम्पर्कविहीन छन्। बाढीले घरबस्ती, सडक, पुल, सुरक्षा पोस्ट, भन्सार र जलविद्युत् संरचनामा ठूलो क्षति पुर्याएपछि विपद् व्यवस्थापनको तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सबैभन्दा ठूलो प्रश्न—जोखिमबारे पूर्वसूचना हुँदाहुँदै राज्यले त्यसअनुसार पूर्वतयारी किन गरेन ? जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मंगलबार नै विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको थियो।विभागले बाढीको जोखिम भएका नदी आसपासका बासिन्दालाई सतर्क
काठमाडौं / रसुवाको भोटेकोशी बाढीले देशलाई संकटमा पारेपछि प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठकमार्फत भारत र चीनसँग औपचारिक रूपमा सहयोगको आग्रह गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालतर्फ हात बढाएका छन्।प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद गर्दै मोदीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले कठिन अवस्थामा भारत नेपालसँगै रहेको र सम्भव सबै मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्। बालेन सरकारले पहिलोपटक संकटको घडीमा छिमेकी मुलुकसँग औपचारिक रूपमा सहयोग माग्दै भारत र चीन दुवैतर्फ सहकार्यको ढोका खोलेको थियो। त्यसलगत्तै दिल्लीबाट आएको मोदीको फोन
काठमाडौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नेपालमा विनाश मच्चाइरहँदा यसको प्रभाव सीमापारि चीनको तिब्बततर्फ पनि देखिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले तिब्बतको ग्यिरोङ क्षेत्रमा पहिरोबाट ठूलो क्षति भएको र केही मानिस सम्पर्कविहीन भएको जनाएको छ। नेपालतर्फको बाढीले रसुवागढी नाका आसपासका सडक, पुल, बस्ती र जलविद्युत् संरचना बगाउँदा उता चीनतर्फ पनि ग्यिरोङ बन्दरगाह क्षेत्रमा सडक, विद्युत् तथा सञ्चार सेवामा अवरोध आएको चिनियाँ समाचार संस्था सिन्ह्वालगायतका सञ्चारमाध्यमले जनाएका छन्।चिनियाँ सञ्चारमाध्यमले नेपालतर्फबाट आएको विपद्का कारण ग्यिरोङ बन्दरगाह क्षेत्रमा पहिरोको अवस्था बनेको र मानवीय
काठमाडौं / रसुवाको भोटेकोशीबाट बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि नुवाकोट, धादिङ र चितवनसम्मका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी सरकारले पाएको छ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार बाढीले सडक र पुलसँगै जलविद्युत् आयोजना, भन्सार तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने रसुवा भन्सारको संरचनामा समेत ठूलो क्षति पुगेको छ। बाढीले बैंकका शाखा र पक्की पुलमा समेत क्षति पुर्याएको विवरण सार्वजनिक भएको छ।उता त्रि
काठमाडौं / बुधबार विहान भोटेकोशी नदीमा आएको ठूलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा जनधनको ठूलो क्षति भएको अवस्था व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गरेको छ । बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइए
काठमाडौं / रसुवाको भोटेकोशी बाढीले नेपालभित्र संकट निम्त्याइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारत र चीनसँग औपचारिक रूपमा सहयोगको हात बढाएपछि दुवै छिमेकीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। यही घटनाले भारत र चीनसँगको सम्बन्ध सम्हाल्न नसकेको आरोप खेपिरहेका बालेन सरकारलाई कूटनीतिक सम्बन्धलाई नयाँ उचाइ दिने अवसरसमेत दिएको छ। बाढीपछि सरकारले तत्काल उद्धार र राहतका लागि छिमेकी मुलुकसँग सहयोग मागेको छ। चीनतर्फ राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धार तीव्र पार्न निर्देशन दिएका छन् भने भारततर्फ पनि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासन सक्रिय भएको छ।यसअघि बालेन स
काठमाडौं / रसुवाको टिमुरे भन्सार क्षेत्रमा आएको भीषण बाढीले ३०० भन्दा बढी सवारीसाधन बगाएको छ। भन्सार यार्डमा जाँचका लागि राखिएका ट्रक तथा अन्य सवारीसाधन बाढीको भेलमा परेका हुन्। बाढिले रसुवा भन्सारका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानाका अनुसार यार्डमा रहेका ३०० भन्दा बढी गाडी बगेका छन्। बाढिले भन्सार कार्यालयका संरचना तथा अन्य सामग्रीमा समेत क्षति पुर्याएको छ। तर कुल आर्थिक क्षतिको यकिन विवरण भने अझै संकलन हुन सकेको छैन।सवारीसाधन बगेपछि व्यवसायीहरूले आफ्ना गाडी तथा मालसामानको अवस्था पहिचान गर्ने र क्षतिको विवरण संकलन गर्ने काम थालेका छन्। बाढीका कारण घटनास्थलमा पुगे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.