काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।प्रभावित नागरिकलाई तत्काल राहत पु¥याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो। संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।एनआरएनएका अध
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनह
रामेछाप / रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ । प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी
काठमाडौं / जल तथा मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले रसुवास्थित भोटेकोशी बाढीको अवस्था अहिले सामान्य रहेको बताएका छन् । विभागका वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले जोखिमाको अवस्था कम हुदै गएको बताए ।उनले भने, ‘रसुवास्थित भोटेकोशी बाढीको अबस्था सामान्य छ । राति ३० सेन्टी मिटर बाढी बढेको थियो । थप जोखिको कारण हिजोको जस्तो आज छैन् । हिजो बेलुका देखि आज बिहानसम्म देशको बिभिन्न भुभागमा मध्यम बर्षा भएकाले समान्य अवस्थानै रहेको बताए । हालसम्मको प्रारम्भिक अध्ययनअनुसार मृत्यु तथा बेपत्ता हुनेको संख्या करिब एक हजार पुगेको उनले बताए । ‘अहिलेसम्मको अध्ययनमा हेर्दा करिब एक हजारक
सुर्खेत / रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन् । विभिन्न कामको सिलसिलामा रसुवा पुगेका छायाँनाथ रारा नगरपालिका–१० का लालबहादुर सेजुवाल र शिव सेजुवाल बाढीपछि सम्पर्कविहीन भएका हुन् । तिब्बत (चीन) तर्फबाट सुरु भई रसुवाको भोटेकोशी नदी हुँदै आएको भीषण तथा आकस्मिक बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएको स्थानीय प्रशासनले जनाएको छ ।बाढीपछि आफ्ना दुई नागरिक सम्पर्कविहीन भएको भन्दै छायाँनाथ र
काठमाडौं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् ।त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको हो ।स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए,एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका तोकिएका परीक्षा मात्र स्थगित भएको डीनको कार्याल
काठमाडौँ। भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय सुरु भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको बैठमा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी हुनुहुन्छ । बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्
महेन्द्रनगर। रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४सम्पर्कविहीन भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरुका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका २४ जनाका आफन्तले प्रहरीका खोजीकार्यका लागि सम्र्पक गरेको बताउनुभयो ।“प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरक
दमौली। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँस्थित त्रिशूली नदीमा बगाएर ल्याएका नौ वटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ ।बाढीका कारण बेपत्ता व्यक्तिको खोजतलासलाई प्राथमिकता दिँदै आज पनि त्रिशूली नदी आसपासका क्षेत्रमा व्यापक खोजी तथा उद्धार कार्य सञ्चालन गरिने भएको छ ।खोजतलासका लागि प्रहरी निरीक्षक प्रदीप सुवेदी र प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।शव देखापरेमा वा प्रहरी सेवा आवश्यक परेमा प्रनाउ घिमिरेको ९८५६०६२२५५ वा जिल्ला प
काठमाडौँ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ ।आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.