काठमाडौं । भोटेकोशी बाढीको त्रास हटिनसक्दै नेपाल नजिकै चीनको तिब्बत क्षेत्रमा ठूलो ताल बनेको खबरले नयाँ जोखिम देखाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।यी दुवै नदी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने चिनियाँ अनुमान छ। यसले प्राकृतिक अवरोध कमजोर भए तालको बाँध फुटेर ठूलो बाढी आउन सक्ने जोखिम बढाएको छ।सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको पानीको सतह
सुर्खेत । रोजगारीको खोजीमा कर्णालीबाट रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा पुगेका १३४ जना भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएसँगै कर्णालीका १० जिल्लाबाट रोजगारीका लागि ती क्षेत्रमा पुगेका नागरिकको अवस्थाबारे परिवारमा चिन्ता बढेको हो।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका १० वटै जिल्लाका नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गर्ने काम भइरहेको छ।प्रहरीका अनुसार अहिले प्राप्त भ
काठमाडौं / धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बसमा सवार यात्रु तथा चालक–सहचालकसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ । धादिङ मण्डली यातायात समितिका अनुसार बसमा यात्रा गरिरहेका यात्रु तथा चालक–सहचालकको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन । उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा समन्वय भइरहेको छ । सम्पर्कविहीन बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेका छन् ।त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका
काठमाडौं। भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।
काठमाडौं / भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् । जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो । भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक साम
नवलपरासी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत देखिन थालेको छ। बाढीको भेलले बगाएर ल्याएका १५ जनाको शव पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदीको गण्डक क्षेत्रमा फेला परेको छ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गण्डक क्षेत्रका विभिन्न ठोकर तथा बाँध आसपासमा ६ महिला, ६ पुरुष, एक बालक र दुई बालिकाको शव फेला परेको हो। नदीमा बग्दै आएका शव एकपछि अर्को गर्दै किनार तथा ठोकर क्षेत्रमा अड्किएपछि प्रहरीले उद्धार गरी व्यवस्थापनको तयारी थालेको छ।प्रहरीका अनुसार यी शवहरू रसुवामा आएको विनाशकारी बाढीमा परी नारायणी नदीमा बगेका व्यक्तिका हुन सक्ने देखिएको
काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र च
रामेछाप / रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्। सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्ल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दाहरू रहेका छन्।सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार
धादिङ । गोसाइँकुण्डको दर्शनका लागि धादिङबाट रसुवातर्फ निस्किएका २७ तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। एउटै क्षेत्रका यति धेरै मानिस एकैपटक सम्पर्कविहीन भएपछि नीलकण्ठ नगरपालिका-९ को सालबोटे र वडा नम्बर १२ को गैरी टोलमा अहिले सन्नाटा छाएको छ। तीर्थयात्राका लागि खुसी हुँदै घरबाट निस्किएका परिवारमा अहिले आफन्तको खबर पर्खाइ र चिन्ता मात्रै छ।बा ५ ख १२५० नम्बरको बसमा उनीहरू बुधबार बिहान धादिङबेँसीबाट रसुवातर्फ लागेका थिए। बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए। पारिवारिक स्रोतका अनुसार बस बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावती पुगेको जानकारी परिवारले पाएको थिय
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालमा रहेका विदेशी तथा नेपाली पर्यटकसमेत प्रभावित भएका छन्। बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट संकलन गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या भारतीय पर्यटकको छ। भारतका १७८ जना पर्यटकसँग सम्पर्क हुन सकेको छैन।त्यसपछि १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको बोर्डको तथ्यांक छ।त्यस्तै मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटकसमेत बाढीपछि सम्पर्कविहीन छन्।अन्य मुलुकतर्फ सिंगापुरका ९, रुसका ८
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.