समाचार

    Showing ३११-३२० of २६,८०२ items.
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ। मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३६ पटक पढिएको
  • आज जनैपूर्णिमा पर्व मनाइँदै

    काठमाडौँ। देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारी

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १८३ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग

    इलाम। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १९५ पटक पढिएको
  • गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ ।गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन् ।बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड हुने गर्दछ । विभिन्न छिमेकी जिल्लाबाट यहाँ आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । उक्त स्थानमा हिन्दू र बोनधर्म परम्पराअनुसार पूजा

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १५४ पटक पढिएको
  • काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ ।कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचारत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताउनुभएको हो ।कार्यवहाक नगरप्रमुख डङ्गोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेको उपचारको प्रबन्ध तथा अन्य विषयमा जानकारी लिएको थियो ।उहाँले विपद् प्रभावितको उद्धार, उपचार तथा राहतका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १९३ पटक पढिएको
  • बाढी प्रभावितका लागि कैलालीमा सहयोग जुट्दै

    सुदूरपश्चिम। कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।अस्पतालमा कार्यरत कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यको कम्तीमा एक दिन बराबरको तलबरसुविधाबाट सङ्कलित रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिएको अध्यक्ष तीर्थराज पन्तले जानकारी दिनुभयो ।उहाँले अस्पतालले हरेक वर्ष मनाउँदै आएको हरितालिका तीजको कार्यक्रम स्थगित गरेको र सो कार्यक्रमका लागि छुट्याइएको रकमसमेत बाढी प्रभावित नागरिकलाई सहयोग गरिएको बताउनुभयो । यसअघि धनगढीस्थित माया मेट्रो अस्पतालले पनि रु तीन ला

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २५८ पटक पढिएको
  • दैवी प्रकोप उद्धार कोषमा चाँगुनारायणले ५० लाख सहयोग गर्ने

    भक्तपुर। चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको रु सात लाख जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।यस्तै, कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी रु २० लाख ३५ हजार र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट रु १३

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६४ पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९० रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११०

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १५६ पटक पढिएको
  • सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

    हेटौँडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ ।टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइते, उद्धार गरिएका तथा सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी लिएको नगरप्रमुख लामाले बताउनुभयो ।बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा परिवारसँग सम्पर्क टुटेका नगरवासीको अवस्था पहिचान गर्न सम्भावित अस्पताल तथा उद्धार केन्द्रमा पुगेर विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दि

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६८ पटक पढिएको
  • इप्पानले पाँच करोड सहयोग गर्ने

    काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनत

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.