देवेन्द्र के ढुङगाना \ नेपालको हिमालय केवल हिमालको शृङ्खला होइन, जीवन, सभ्यता, संस्कृति र समृद्धिको आधार पनि हो। यही हिमालयबाट जन्मिएका नदीहरूले नेपाललाई कृषि, ऊर्जा, पर्यटन र आर्थिक सम्भावनाको आधार दिएका छन्। तर पछिल्ला दिनमा रसुवा, नुवाकोट, धादिङ हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अभूतपूर्व बाढीले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हिमालयले हामीलाई जीवन दिइरहेको छ कि अब हामीलाई आफ्नो जोखिमबारे चेतावनी दिइरहेको छ?नेपाल–चीन सीमा नजिक रसुवागढीबाट करिब १८–२० किलोमिटर माथितिर ल्हेन्दे खोलाको बहाव हिमचट्टानको पहिरोका कारण अवरुद्ध भएपछि बनेको प्राकृतिक बाँध फुट्दा भोटेकोशी र त
काठमाडौं / भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ । उक्त ताल निरन्तर बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो ।बाढी पूर्वानुमान महाशा
काठमाडौं / रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन् । यसै क्रममा गोर्खा ब्रुअरीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद सहयोग गरेको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापना
काठमाडौं / रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे तथा उत्तरगया गाउँपालिका लगायतका स्थानहरूबाट उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो । उद्धार गरिएकाहरूमा ८८ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन् । सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरू थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवाई, रधु नार्दन, सिमारन्जन, नभुकविर दोष, मारन गोविन्दा स्पनु, सत्याई धखम, विजय बखु र पन्गा सावईको उद्धार गरिएको छ ।त्यसैगरी नेपाली नागरिकहरूतर्फ रसुवा, सिन्धुपाल्चोक
काठमाडौं / रसुवा बाढीका कारण जोखिममा परेका विभिन्न देशका नागरिकलाई उद्धार गरिएको छ । उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतीय ११ जना, अमेरिकी २ जना, इटालियन २ जना र दक्षिण कोरियाली ४ जना रहेका छन् ।उद्धार गरिएका भारतीय नागरिकको विवरणअनुसार उनीहरू सबैलाई टिमुरे क्षेत्रबाट उद्धार गरिएको हो । उनीहरूको उमेर ४६ देखि ६९ वर्षसम्म रहेको छ । विवरणमा ८ जना पुरुष र ३ जना महिला उल्लेख छन् । त्यस्तै, उद्धार गरिएका अमेरिकी नागरिकमा ५२ वर्षीया अञ्जना राजा र ५५ वर्षीय पट्टाबिरामन वेंकटेसन रहेका छन् । इटालीका उद्धार गरिएका नागरिकमा ३९ वर्षीय लोटुमुव स्टेकानो र ३७ वर्षीया भालुरेन्टिना पिचिन्टुई रहेका छ
काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ ।बाढी प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न गठन गरिएका टोलीमा आपत्कालीन सञ्चार पुनःस्थापना, विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर, खोज तथा उद्धार, आपत्कालीन स्वास्थ्य तथा मेडिकल प्रतिकार्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता तथा दातृ समन्वय, यातायात तथा सडक सम्पर्क, शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन, बेपत्ता व्यक्ति तथा परिवार सहायता, राहत तथा खाद्य–पानी आपूर्ति र विमानस्थल समन्वय टोली रहेका छन् । साथै उद्धार गरिएका बेपत्ता तथा मृतकको नाम
काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविधुत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ भने कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ ।निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी रहेको बताइएको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना तथा परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्रा
नुवाकोट । भोटेकोशीको विनाशकारी बाढीले नुवाकोटमा घर र बस्ती मात्रै बगाएन, त्रिशूली नदी किनारको भूगोल नै बदलिदिएको छ। कुनै समय चहलपहल हुने त्रिशूली, ढुंगेबजार र देवीघाटका नदीकिनार अहिले भग्नावशेष, बालुवा र बगरमा परिणत भएका छन्। नदीको तीव्र कटानका कारण कतिपय घरको जगसम्मै खोतलिएको छ। बाढीको वेगले केही संरचना पूर्ण रूपमा बगाएको छ भने कतिपय भवन धरापमा उभिएका छन्। हिजोसम्म बस्ती रहेको ठाउँमा अहिले उराठलाग्दो बगर र थुप्रिएको माटो–बालुवा मात्र देखिन्छ।बाढीको अर्को ठूलो प्रहार जलविद्युत् आयोजनाका संरचनामा परेको छ। नदीको अनियन्त्रित बहावले आयोजनाका महत्वपूर्ण संरचना बगाएपछि नुवाकोटमा विद्युत् सेवा प
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौं फर्किएका छन् ।हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याउनुका साथै प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् । बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले विदुर र त्य
काठमाडौं / रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ । प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । विपद्मा परेर रसुवाका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन । बाढीका कारण ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ । बाढी प्रभावित रसुवा जिल्लाम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.