झापा— दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनको भनाइ छ ।
फिक्कल । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए ।“सडक खुलाउन हामी दिनरात ल
काठमाडौँ। जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त सरल, सहज किसिमबाट उजागर गर्न सफल भएको छ ।व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण भएको हुन्छ भने समाजले व्यक्तित्व निर्माण गर्दछ । समाजको सदस्यको रूपमा व्यक्तिले अनेकौँ भूमिका निर्वाह गरे
रसुवा— रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको हो।टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक शनिबार करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सडकको हिलोमा भासिएका मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बारा— बाराको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। शनिवार बिहान छठ पर्वका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा सो घटना भएको हो।ज्यान गुमाउनेमा सिम्रौनगढ–६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन्। घाइते अवस्थामै उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार घटनामा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानीकुमारी महतो, १४ वर्षीया सुशीलाकुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा घाइते भ
काठमाडौं— हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियोे भने नेपाली विपिनको अवस्था अज्ञात भनिएको थियोे।
काठमाडौं— अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ। भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो। शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए।
काठमाडौं— हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०
काठमाडौं– आइतबारको राशिफलमेष: दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।वृष: दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।मिथुन: दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।कर्कट: दिन सामान्य छ । शत्रु ब
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.