समाचार

    Showing 25,301-25,310 of 26,066 items.
  • बालक हत्याको आरोपमा दुई किशोरी पक्राउ

    कैलाली / कैलालीमा पाँच वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका –१ का पाँच वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक बालककी नातामा दिदी पर्ने १५ वर्षीया किशोरी र उनकी १४ वर्षीय साथी रहेका छन् । बालकलाई आफूसँगै जामुन खान लिएर गएका किशोरीले घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ लगी धकेलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।कुलोमा पुगेपछ

    • प्रकाशित मितिः असार २४, २०७८
    • 148 पटक पढिएको
  • नेपालमा खरीद गरिएको फोनको आइएमईआई दर्ता गर्नु नपर्ने

    काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खरीद गरिएको मोबाइल फोनमा “इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई)” नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियम अनुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्दैछ। ‘धेरै मोबाइलका ग्राहकलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमईआई दर्ता

    • प्रकाशित मितिः असार २४, २०७८
    • 120 पटक पढिएको
  • भरुवा बन्दुकसहित एक पक्राउ

    दाङ / दाङमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दङ्गीशरण गाउँपालिका –२ का मेघराज पुन मगर रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोल्टाकुटीबाट खटिएको टोलिले मगरलाई पक्राउ गरेको हो । उनलाई स्थानीय तिलकन्या सामुदायिक वनबाट शिकार खेल्ने गइरहेका बेला पक्राउ गरेको जिल्ला प्रहरी  प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 59 पटक पढिएको
  • पहिरोमा परी ३ जनाको मृत्यु, एक घाइते

    धनगढी /  दार्चुलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका –३ खारका लक्ष्मण सितौली, गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना रहेका छन् । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगढ गाउँपालिका –३ कै हरमती ठगुन्ना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 68 पटक पढिएको
  • सरकारी सेवालाई प्रभावकारी बनाउन ‘नागरिक एप निर्देशिका’

    काठमाडौँ / सरकारले नागरिक एपको सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ ल्याएको छ । सार्वजनिक निकायमा रहेका विद्युतीय सूचना प्रणालीबीच अन्तर एक्यबद्धता कायम गरी नागरिकलाई छिटो, छरितो, मितव्ययी र प्रभावकारीरुपमा एउटै विद्युतीय प्रणालीबाट सेवा र सूचना प्रवाहको व्यवस्था गर्न निर्देशिका ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । एप सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई हुनेछ । यही वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ को फुलभर्सन सुरु गर्नुभएको थियो । एपको बिटा भर्सन गएको माघ २ गते सार्वजनिक गरिएको थियो

    • प्रकाशित मितिः असार २४, २०७८
    • 96 पटक पढिएको
  • गाडीले किचेर एकको मृत्यु

    उदयपुर / उदयपुरमा सबारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउपालिका –५ डुढेका रमेश नेपाली रहेका छन् । कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २–०१–००–१ च –००५० नम्बरको बोलेरो गाडी बिहान २ बजे उकालो चढ्न नसकी ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरू ओर्लने क्रममा २५ वर्षका नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो ।घाइतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 53 पटक पढिएको
  • विद्यार्थी संगठनद्धारा पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न माग

    काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । बिहीबार नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै उनीहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेका हुन्। गत मंगलबारमात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो केही महिना यता मात्र निगमले पटक पटक पेट्रोलियमको मूल्य बृद्धि गर्दै आएको छ । पछिल्लो पटक प्रतिलिटर २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल÷मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 66 पटक पढिएको
  • देशका यी भूभागमा पानी पर्ने

    बिर्तामोड / मनसुनी  वायुको  प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।महाशाखाले जारी गरेको बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ । प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 100 पटक पढिएको
  • झापाका कैदीबन्दीको बाढीपीडितलाई राहत

    भद्रपुर / झापा कारागारका कैदीबन्दीहरुले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपीडितहरूलाई राहत प्रदान गरेका छन् ।कैदीबन्दीहरुले  बुधबार कारागारमा  आयोजित कार्यक्रमकाबीच ५० हजार १ सय रुपैयाँ प्रदान गरेका हुन् । कैदीबन्दीले जेलर राजेन्द्र गौतमलाई सो रकम हस्तान्तरण गरेका थिए ।जिल्ला प्रशासन कार्यालय झापा मार्फत उपलब्ध गराउने गरी कैदीवन्दीहरुले मानवीय धर्म अनुरूप आफूहरूको गाँस काटेर पीडितहरूलाई सो रकम उपलब्ध गराएको बताए । कार्यक्रममा जेलर गौतमले जिल्ला प्रशासन कार्यालय झापा मार्फत सहयोग रकमलाई पीडित समक्ष पुर्याउने प्रतिबद्धता जनाए ।रकम प्रदान गर्दै आन्तरिक प्रशासन प्रम

    • प्रकाशित मितिः असार २३, २०७८
    • 160 पटक पढिएको
  • लमजुङमा केन्द्रविन्दु बनाएर भूकम्प !

    बिर्तामोड / बुधबार दिउँसो लमजुङमा केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा भूकम्प गएको हो।भूकम्पबाट क्षति भएको विवरण आएको छैन। यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.