उदयपुर / उदयपुरमा सबारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउपालिका –५ डुढेका रमेश नेपाली रहेका छन् । 

कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २–०१–००–१ च –००५० नम्बरको बोलेरो गाडी बिहान २ बजे उकालो चढ्न नसकी ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरू ओर्लने क्रममा २५ वर्षका नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो ।

OM Sai Pathibhara Hospital

घाइतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।