काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । बिहीबार नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै उनीहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेका हुन्।
गत मंगलबारमात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो केही महिना यता मात्र निगमले पटक पटक पेट्रोलियमको मूल्य बृद्धि गर्दै आएको छ । पछिल्लो पटक प्रतिलिटर २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल÷मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।