समाचार

    Showing 24,021-24,030 of 26,044 items.
  • जङ्गली हात्तीको आतंक

    झापा / झापाको कमल गाउँपालिका –५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्ती सँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धान सहित अन्नबाली खाएर नष्ट प

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 62 पटक पढिएको
  • ट्रक दुर्घटनामा परी दुईको मृत्यु

    पोखरा / पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका –२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नं को फलामे छड रड बोकेको ट्रक आफँै अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । 

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 63 पटक पढिएको
  • दुई लाख नगद सहित ६ जुवाडे पक्राउ

    दाङ /  लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही १३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका –४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका –३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ बस्ने ३८ वर्षीय ललित बूढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 58 पटक पढिएको
  • मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

    झापा / मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाइ पक्राउ  गरेको छ । जिल्लाको विभिन्न स्थानबाट मिति र समयमा विभिन्न कम्पनीका मोटरसाइकल हराएको तथा चोरी भएको गुनासो बढ्न थाले  पछि इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको  हो। मोटरसाईकलहरु को खोज तलासका लागी इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला इलाम सूर्योदय नगरपालिका वडा नं ९ बस्ने वर्ष २१ को आशिष सुब्बा, सूर्योदय नगरपालिका  ८ बस्ने वर्ष २१ को विवेक घिमिरे र जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं ३ बिर्ताबजार बस्ने वर्ष २६ को रञ्जित राजवंशीलाई &

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 90 पटक पढिएको
  • वेबसाइट र्‍याङ्किङ हेर्ने ‘एलेक्सा’ बन्द हुँदै

    झापा / अमेजनले वेबसाइटको र्‍याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ वर्ष देखि उपलब्ध यो विश्लेषक टुललाई अमेजनले बुधबार बन्द गर्ने  घोषणा गरेको हो । एलेक्सा डटकम अमेजनको सहायक कम्पनी हो ।यसले वेब ट्राफिक डेटालाई प्रयोग गरेर चर्चित इन्टरनेट कम्पनीहरूको सूचीकरण गर्ने गर्दछ । यसले एसईओ र कम्पीटिटर एनालाइसिस टूल पनि प्रदान गर्ने गर्दछ । एलेक्सा डटकम सन् २०२२ को मेमा बन्द हुनेछ ।अमेजनले एलेक्साको नयाँ सब्सिक्रिप्सन बन्द गरिसकेको छ । तर पहिले सब्सिक्रिप्सन लिएकाहरूले भने अमेजन डेटा र एसईओ टूल प्रयोग गर्न सक्नेछन् । 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 64 पटक पढिएको
  • हवल्दारमाथि रड प्रहार गर्ने माझी पक्राउ

    ललितपुर / ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग मङ्गलबजारमा कार्यरत प्रहरी हवल्दारलाई मापसे गरेका युवकले रडले हिर्काएर घाइते बनाएका छन् ।गएराति शंखमुल स्थित ग्रिल कारखानामा मापसे गरेर हल्ला गरिरहेको समूहलाई हवल्दार क्षेत्रबहादुर कार्कीले ‘हल्ला नगर्नु’ भनेर सम्झाएका थिए ।सम्झाएर फर्कन लाग्दा हवल्दार कार्कीलाई ग्रिल कारखानामा कार्यरत बिक्रम माझीले पछाडिबाट रडले हिर्काएका हुन् । सिन्धुली घर भएका माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।हवल्दार कार्कीको निधार र टाउकोमा चोट लागेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी भएका उनी मङ्गलबजार प्

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 79 पटक पढिएको
  • सुनसरीबाट लागू औषधसहित ४ पक्राउ

    सुनसरी  / सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह –५ का २० वर्षीय सरोज मन्सुरी, २१ वर्षीय हारुण मन्सुरी, १९ वर्षीय धनकुमार राई र इटहरी उपमहानगरपालिका –४ का टिका राई रहेका छन् । सुनसरीको इनरुवा नगरपालिका –३ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सरोज र हारुणलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम बरामद गरेको छ । त्यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका –४

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 67 पटक पढिएको
  • गैँडाको आक्रमणबाट एकको मृत्यु

    नवलपरासी / नवलपरासीको बर्दघाट सुस्ता पूर्वको कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती १५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा  उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासि आक्रमण गरेको थियो ।मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयबासीले ज्यान गुमाउने गरेका छन् ।पछिल्लो राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैं

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 68 पटक पढिएको
  • विद्यार्थी बोकेको जिप पल्टिंदा तीनको मृत्यु, ९ घाइते

    पोखरा / विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा जाँदै गरेको जिप लमजुङमा दुर्घटना भएको छ । जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिप दुर्घटनामा परी एक विद्यार्थी, एक शिक्षक र एक स्थानियको मृत्यु भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी चढेको ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका –२ मा दुर्घटना भएको हो । उनीहरु ‘पिस हिल’ भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको बताइएको छ । घाइते ९ जना मध्ये दुई जनाको चितवनमा र बाँकी सात जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको सीडीओ वैद्यले जानकारी दिए ।&

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 65 पटक पढिएको
  • लागूऔषध सहित २ जना पक्राउ

    विराटनगर / मोरङको विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका का ३२ वर्षीय आशिष बि क र ३० वर्षीय संजोग गजमेर रहेका छन् ।बुधबार बेलुका सवा ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो ।पक्राउ परेका उनिहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।विराटनगर / मोरङको विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनसरीको ध

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.