समाचार

    Showing 23,441-23,450 of 26,027 items.
  • राष्ट्रिय अनुसन्धान प्रमुख खरेल दिल्ली भ्रमणमा

    काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल आइतबार दिल्ली भ्रमणमा गएका छन् । पुस २३ मा विभागको प्रमुख नियुक्त भएका खरेल आइतबार अपराह्न नेपाल एयरलाइन्सबाट दिल्ली गएका हुन् । उनको भ्रमणलाई गोप्य राखिएको छ । दूतावासका अधिकारीहरूले भ्रमणका विषयमा अनभिज्ञता जनाएका छन् । दिल्लीमा उनको बसाइ तीन दिन रहने जनाइएको छ । भारतीय पक्षको निम्तामा तय गरिएको कार्यक्रममा उनी दिल्ली गएका हुन् । खरेलले दिल्लीस्थित दूतावासमा यसअघि काउन्सिलरका रूपमा केही वर्ष बिताएका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 62 पटक पढिएको
  • हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत फेला

    झापा  / गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृतक फेला परेका छन् । आइतबार स्थानीयवासी र प्रहरीको संयुक्त खोजी टोलीले  मृतकको शव फेला पारेको हो। मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का १६ वर्षीय करण घले र वडा नम्बर –२ का सञ्जय घले रहेका छन् ।  उनीहरू माघ २० गते हिउँ खेल्न भन्दै धार्चे गाउँपालिका स्थित लाप्राक हिँडेको र फर्केर नआएपछि आफन्तले  तीन दिनपछि मात्रै प्रहरीमा उजुरी दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका –१ कुन्द्रामा खोँचमा भेटिएको थियो । 

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 81 पटक पढिएको
  • लागूऔषधसहित एक युवती पक्राउ

    झापा  / धनगढीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । आज धनगढी उपमहानगरपालिका -४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ४ बस्ने २६ वर्षीया देउमती साउद रहेकी छन् । उनलाई गोप्य सूचनाको कैलाली प्रहरीले समातेको जनाएको छ । अहिले देउमतीलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 120 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा दाहाल पक्राउ

    बिर्तामोड / २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसतासी नगरपलिका –१० माइधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।निकेशले ती महिलालाई शिवसतासी नगरपालिका –९ संगम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 168 पटक पढिएको
  • मौसममा सुधार भएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालन

    फुङ्लिङ /  मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।   मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।निगमले  सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 90 पटक पढिएको
  • आमाको हत्या गर्ने ३५ वर्षीय भण्डारी प्रहरी नियन्त्रणमा

    बिर्तामोड / मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गङ्गा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गङ्गा प्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाएको छ 

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 116 पटक पढिएको
  • चक्कु प्रहार गरी श्रीमतीको हत्या

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरीरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतकलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 71 पटक पढिएको
  • बन्दुक सहित राजवंशी पक्राउ

    बिर्तामोड / सशस्त्र प्रहरीले  झापाको भद्रपुर नगरपालिका- ६ मन्त्री चोक बस्ने  वर्षीय मुगलाल राजवंशीलाई एक थान बन्दुक सहित आइतबार  बिहान  प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध  बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा  सशस्त्र प्रहरी बल जिल्ला झापा गण नं २ बाट खटिएको विशेष टोलीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 645 पटक पढिएको
  • लागूऔषधसहित ३ जना पक्राउ

    झापा / कैलालीमा लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार राति भजनी नगरपालिका –६ महादेउलीबाट से ३ प ९४० नम्बरको मोटरसाइकल र लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ बस्ने २४ वर्षीय रोहित खडका , २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 101 पटक पढिएको
  • महाकाली नदीमा फसेकी महिलाको प्रहरीले गर्यो उद्धार

    झापा / महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लिला वडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको हो ।आइतबार बिहान लिला  महाकालीको बीच भागमा अड्कीएर रोइकराइ गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 86 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.