समाचार

    Showing 23,041-23,050 of 26,026 items.
  • स्कुल बसको ठक्करबाट इटहरीमा एक महिलाको मृत्यु

    इटहरी / इटहरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका –५ मा रहेको बेबिलोन बोर्डिङ स्कुलको को १ क १८६६ बसले अन्दाजी ४० बर्षीयाको महिलालाई इटहरी १८ स्थित नयाँ टोलमा ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले बताएको छ । प्रहरी कार्यालय पकलीका अनुसार महिलाको सनाखत गरेर शव पोस्टमार्टमका लागि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ । बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 70 पटक पढिएको
  • ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

    ताप्लेजुङ \ शनिबार ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्गा गाउँपालिका -२ आम्वेगुदिन लासाटोलका  २३ वर्षीय मुकेश भट्टराईको रहेका छन् । शनिबार राति ९ बजे वर्षासँगै परेको चट्याङ लागेका भट्टराईलाई उपचारका लागी स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइए लगतै स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए । वर्षाको समयमा परेको  चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ ।  

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 60 पटक पढिएको
  • पौडी खेल्ने क्रममा दहमा डुबेर एक बालकको मृत्यु

    बिर्तामोड / झापाको दमकमा शनिबार पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । दमक–५ का कृष्णकुमार राईका छोरा १३ वर्षीय रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दमक–२ को लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा पानीमा डुबेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन् । बालक एक्कासि दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग मद्दत मागेको त्यहाँका स्थानीयले बताएका छन् ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको समेत कार्कीले बताएका छन् । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 54 पटक पढिएको
  • रोकिएको ट्याक्टरमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापाको गौरादहमा तिव्र गतिमा सवार मोटरसाइकल रोकिएको ट्याक्टरमा ठोकिदा एकको मृत्यु भएको छ । दुर्घटनामा गौरादह-९ का ४० वर्षीय मोटरसाइकल चालक रामा हेमरमको घटनास्थलमै मृत्यु भएको हो ।गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नम्बरको ट्याक्टरमा ठोक्किएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको समेत जनाएको छ । 

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 98 पटक पढिएको
  • नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । शनिबार भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डल बीचको छलफलपछि चार वटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 77 पटक पढिएको
  • नयाँ दिल्लीबाट देउवा र मोदीले गरे जयनगर–जनकपुरधाम रेल सेवा उद्घाटन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गरेका छन् । देउवा र मोदीले शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको रेल लिंक उद्घाटन गरेका हुन् ।देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि रेल प्रस्थान गरेको हो । कुर्थाबाट घुमेर जनकपुरधाम स्टेसन आएपछि रेलको औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । रेल उद्घाटन भएसँगै आइतबार देखि बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा चल्ने रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । 

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 74 पटक पढिएको
  • आजबाट जिल्लास्तरीय सहकारी सम्मेलन बिर्तामोडमा सुरु

    बिर्तामोड/ झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ ।झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको एक भव्य कार्यक्रमका बीच १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले उद्घाटन गरे ।संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव भवानीप्रसाद दंगाल र सहसचिव कृष्णप्रसाद मिश्रले

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 132 पटक पढिएको
  • मर्निङवाकमा निस्किएका चार जनालाई पिकअपले ठक्कर दिदा एकको मृत्यु, दुई घाइते

    बिर्तामोड /झापाको अर्जुनधारा नगरपालिका -६ स्थित पुस्पलालचोक नजिकै पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका -६ स्थित महानन्द चोकका ५० वर्षीय कृष्ण प्रसाद निरौला रहेका छन । निरौला पेसामा शिक्षक हुन।पुस्पलाल चोकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न. १-०१००१च ९१०७ नम्बरको पिकअपले महानन्दचोकबाट मर्निङ वाक गर्दै पुष्पलाल चोक तर्फ जादै गरेका निरौलालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो ।उनीसँगै मर्निङ गरिरहेकी निरौलाकी पत्नी सरस्वती लुइँटेल निरौला र खुदुनाबारी घर भइ हाल महानन्द चोक बस्ने अर्जुन उप्रेती  पनि पिकअपको&

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 609 पटक पढिएको
  • १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक पक्राउ

    तनहुँ / १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँबाट एक जनालाई पक्राउ  छ । पक्राउ पर्नेमा  २१ वर्षीय युवक रहेका छन् । बलात्कार गरेको खबर प्राप्त पाउन साथ प्रहरी चौकी तुरतुरेले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 73 पटक पढिएको
  • डिकीभित्र लुकाएर राखेको ३० केजी गाँजा बरामद

    बिर्तामोड /  सशस्त्र प्रहरीले नम्बर प्लेट नभएको गाडीको डिकीभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ३० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले  पर्साको वीरगञ्ज महानगरपालिका-२० स्थित हर्पतगञ्ज सडकखण्डबाट गाँजा बरामद गरेको हो ।  ।सशस्त्र प्रहरीका अनुसार बरामद भएको गाँजा अहिले प्रहरीलाई जिम्मा लगाइएको  जनाएको छ । गाँजा टाटा इन्डिका गाडीको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाँजा फेला परेको थियो ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.