बिर्तामोड /झापाको अर्जुनधारा नगरपालिका -६ स्थित पुस्पलालचोक नजिकै पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका -६ स्थित महानन्द चोकका ५० वर्षीय कृष्ण प्रसाद निरौला रहेका छन । निरौला पेसामा शिक्षक हुन।

OM Sai Pathibhara Hospital

पुस्पलाल चोकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न. १-०१००१च ९१०७ नम्बरको पिकअपले महानन्दचोकबाट मर्निङ वाक गर्दै पुष्पलाल चोक तर्फ जादै गरेका निरौलालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो ।

उनीसँगै मर्निङ गरिरहेकी निरौलाकी पत्नी सरस्वती लुइँटेल निरौला र खुदुनाबारी घर भइ हाल महानन्द चोक बस्ने अर्जुन उप्रेती  पनि पिकअपको  ठक्करबाट घाइते भएका छन ।

उप्रेतीको झापाको बिर्तामोड स्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ भने सरस्वती को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथमा निरौलाकी २० वर्षीया छोरी पनि  थिइन् । उनको अवस्था  भाने समान्य रहेको बताइएको छ ।

पिकअप चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।